बिराज अधिकारी
तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर पदमा कांग्रेसका बैकुण्ठ न्यौपाने र उपमेयर पदमा इन्दिरा दरै विजयी भएका हुन् ।
मेयरमा विजयी न्यौपानेले अर्का प्रत्यासी दीपकराज जोशीलाई २५२ मत अन्तरले हराए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीको पक्षमा ११ हजार ८२६ मत पर्यो ।
नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराजले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमलेले सघाएको थियो ।
यसैगरी उपमेयर पदमा पनि कांग्रेसकी इन्दिरा दरै १३ हजार ४९८ मतसहित विजयी हुँदा नेकपा एमालेकी बसुन्धरा घर्तीले १ हजार ४२ मत पाइन्।...

All Comments.......


Please Login/Register To Comments