भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी एवं कार्य समिति सदस्यहरुको टोलीले भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति तथा उपप्रमुख रजनी जोशीलाई बधाई एवं शुभकामना व्यक्त गर्यो ।
उक्त अवसरमा नवनिवार्चित प्रमुख प्रजापतिले भक्तपुरका जनताले जुनविश्वासले दोश्रो कार्यकालका लागि हामीलाई अत्यधिक मतले विजयी बनाएको छ त्यो विश्वासलाई कायम राख्नु हाम्रो दायित्वभएको बताउनुभयो । भक्तपुर नगरपालिकाले विगतका वर्षहरुमा गरेको कामको सही मूल्याङ्क भएको पनि उहाँले बताउनु भयो । भक्तपुर नगरमा भएको शिक्षा, स्वास्थ्य, सम्पदाहरुको संरक्षण लगायत अन्य विकास निर्माणका कार्यहरुको अन्य नगरहरुबाट समेत सराहना र प्रशंसा पाएको सुनाउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विभिन्न विषयका कलेज र विद्यालयहरुलाई अन्य नगरपालिकाहरुले समेत उदाहरणीय रुपमा लिएको पनि बताउनु भयो । प्रमुख प्रजापतिले बधाई तथा शुभकामनाको लागि भक्तपुर उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद दिनु भएको थियो ।
सोही अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले नवनिर्वाचित प्रमुख, उपप्रमुख लगायत नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विगतका वर्षहरुमा भक्तपुर नगरपालिकाले सम्पन्न गरेको कार्यको सराहना गर्नुभयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले प्राकृतिक प्रकोप, रोगव्याधी र महामारीको अवस्थामा अहोरात्र खटेर जनताको सेवामा लाग्नु भएको हुनाले त्यस त्याग र परिश्रमको सहीमानेमा मूल्याङ्कन भएको बताउनुभयो । अध्यक्ष मानन्धरले आगामी दिनहरुमा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर नगरपालिका मिलेर भक्तपुर नगरको स्वास्थ्य, सर–सफाई, पर्यटन, र नगरको पर्यावरणीय सुधारमा सहकार्य गर्दै नगरलाई उत्कृष्ट नमूना बनाउनेतर्फ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा तथा महिलाहरुको लागि सीप विकास तालिम र उद्यमशीलता विकास सम्बन्धी कार्य गरी स्वरोजगार प्रवद्र्धनमा मिलेर जानुपर्ने विषयमाजोड दिनुका साथै ऐतिहासिक एवं सांस्कृतिक रुपमा धनी नगरका विभिन्न स्थानहरुमा पर्यटकहरु आकर्षित गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भएको थियो ।
उक्त अवसरमा संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, उपाध्यक्ष राजेन्द्र प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कार्य समिति सदस्यहरु जितेन्द्र खायमली तथा  राजेश त्वानाबासुको पनि उपस्थिति रहेको थियो ।


...

All Comments.......


Please Login/Register To Comments