सुवास महत
ललितपुर । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा प्रकाशन भएसङ्गै पदवाहाली  र सपथ ग्रहण कार्यक्रम जिल्ला निर्वाचन कार्यलय ललितपुरले ललितपुर जिल्ला अन्तरगतका   महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका  नव– निर्वाचित  मेयर हरिगोविन्द श्रेष्ठ (नेकपा एमाले) र गजेन्द्र महर्जन (नेपाली काङ्ग्रेस ) दुवैजनालाई निर्वाचन प्रमुख किरण शिवाकोटीले निर्वाचन कार्यलय जाउलाखेलमा सपथ  ग्रहण गराउनु भएको छ ।
मेयरबाट १० गते उपप्रमुख, वडा अध्यक्षहरु, वडासदस्यहरु सबैलाई सपथ ग्रहणको कार्यक्रम रहनेछ भने गोदावरी नगरपालिकाको  नव– निर्मित  भवनमा १० गते विहान ११ः०० बजे नव– निर्वाचित पदाधिकारीहरुलाई  सपथ ग्रहणको कार्यक्रम रहेको मेयर गजेन्द्र महर्जनले जानकारी  दिनुभएको छ।
उक्त कार्यक्रममा सपथ ग्रहणको लागि नव– निर्वाचित  नगर–उप्रमुख, १४ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरुलाई कार्यक्रममा १० बजे उपस्थितको लागि अनुरोधका साथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोईरालाले पत्रचार गरिसक्नु भएको बताउनु भएको छ ।।
गोदावरी नगरपालिकाको नव– निर्वाचित मेयर सपथ ग्रहण कार्यक्रम बाट नगरपालिका भवन प्रवेश गर्नु अगावै नगरपालिकाको कर्मचारी तथा शुभेच्छुकहरुले महर्जनलाई भव्यताका साथ स्वागत तथा पुनः निर्वाचित हुनुभएकोमा पाँच वर्षीय सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।...

All Comments.......


Please Login/Register To Comments