भक्तपुर । कोरोनाका कारण वन्द गरिएको भक्तपुरको दरवार स्वायरस्थित भक्तपुरको तलेजु भवानीको मेन गेट स्वर्णद्धार (गोल्डेन गेट) खोल्न माग गरिएको छ । भक्तपुर श्री तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले भक्तपुर नगरपालिकाको कार्यालय र जिल्ला प्रशाशन कार्यालयमा यसका लागि विहीबार लिखित निवेदन दर्ता गराएका छन् ।
द्धार विगत साढे दुई वर्षदेखि सर्वसाधारणका लागि वन्द गरिंदै आएकोमा अहिले कोभिड सामान्य भएसँंगै खोल्न उपयुक्त भएको चिठीमा उल्लेख छ । दर्शनाथीहरुको पटकपटकको आग्रह अनुरुप श्री तलेजु भवानीमा सर्वसाधारणलाई भित्र पठाउन भयो भने जनाउ पाउन अनुरोध गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments