भक्तपुरस्थित साफु (सबैका लागि शिक्षा) नामक सामाजिक संस्थाले एस ई ई पछिको भविष्य" शिर्षकमा दुई दिने अभिमुखिकरण कार्यक्रम मध्यपुर थिमिमा संचालन गरेको छ । आयोजक संस्थाका लक्ष्मी बखाद्य:ले एसईई दिई बिदामा बसेका बिद्यार्थीहरूलाई लक्षित गर्दै अायाेजित कार्यक्रममा व्यस्थापन, कानून, इन्जिनियरिङ आदि विषय छनौटको लागि सहजीकरण तथा अभिमुखिकरण गर्ने लक्ष्य रहेको बताउनु भएको छ । त्यस्तै संगीत र कला, चिकित्सा र नर्सिङ विषयमा पनि सो कार्यक्रमममा अभिमुखिरण गरिने जनाएकाे छ । अभिमुखिरण कार्यक्रम जेठ १४ र १५ गते संचालन गरिने प्रकाश धौबन्जारले बताउनु भयो । कार्यक्रमको शुभारम्भमा स्वागत गर्नु हुँदै श्याम सुन्दर श्रेष्ठले साफुको यस कार्यक्रमले युवा बिद्यार्थीको भविष्य निर्माणमा सहयोग हुने बिश्वास व्यक्त गर्नु भयो । अभिमुखिकरण कार्यक्रममा हालसालै एस ई ई परीक्षा सकाएका १सय ३२ जना यूवा बिध्यार्थीको सहभागिता रहेको छ । साफु " सबैको लागि शिक्षा" नारा बोकेर भक्तपुर जिल्लामा सक्रिय संस्था हो
...

All Comments.......


Please Login/Register To Comments