भक्तपुर । भक्तपुरकी एक महिलाले आइतबार दुई तोलाको सुनको सिक्री भेटाएको भन्दै हराएको सम्वन्धितलाई लिन आउन आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो आग्रह गरेकी हुन् ।
फेसबुकमा उनले लेखेकी छिन्, आज मिति २०७९ जेठ १५ गते करिव ११ ः५० बजेको समयमा सूर्यविनायक नगरपालिका ४ हर्षचोकमा करिव २ तोला भन्दा वढी अर्थात् अनुमानित मल्य २ लाखको सुनको सिक्री म विन्दु फुँंयालले फेला पारेको हुनाले उक्त सिक्री हराउनुहुने महानुभाबले माग दावीको लागि सप्रमाण सम्पर्क गर्न अनुरोध छ । उनले त्यसमा दुई वटा मोवाइल नम्वर राखेकी छन् ।
टेलिफोन सम्पर्कमा उनले साँझ साढे पाँंच वजेसम्म चार पाँंच जनाले कल गरेर दावी गरेका सुनाइन् । उनीहरुमध्ये तथ्य प्रमाणको आधारमा बुझेर पीडितलाई सोमबार फर्काइदिने उनले सुनाइन् ।

...

All Comments.......


Please Login/Register To Comments