काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्र ठेकेदार संगको मिलेमतोमा सञ्चालन भएकोे पाईएको छ । काठमाडौं महानगरपलिकाले रत्नपार्क, खुल्लामञ्चको दक्षिण तर्फमा रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडी रहेको शौचालयसहितका ३ वटा संरचनाहरुमा बोलकबोलमार्फत २०७३ सालमा दुईजना ठेकदारहरुलाई सञ्चालन गर्न सम्झौता गरेको थियो । खुल्लामञ्चको दक्षिण तर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडीको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै साउन १ गते काठमाडाैं महानगरपालिकाले भत्काई सकेको छ । रत्नपार्क तर्फको शहरीसेवा केन्द्रको सम्झौता भने असाेज ५ गते सकिएपनि महानगरको बेवास्ताले ठेकेदार माधबप्रसाद काफ्लले व्यवसायीहरुसंग कार्तिकसम्मको भाडा असुलेको पाइएको छ । शहरी सेवा केन्द्रमा ठेक्का पाएका ठेकेदार लाम्पनटार सिन्धुली स्थायी घर भएका माधबप्रसाद काफ्लेले मर्मत संभार गरि सञ्चालन गर्ने भनेर काठमाडौं महानगरपलिकासँग २०७३ साल भदौ १ गते करार सम्झौता गरेका थिए । सम्झौता अनुसार सो सेवा केन्द्रको नविकरण २०७८ भाद्र १ गते सकिसकेको छ तर महानगरले अहिलेसम्म उनै ठेकेदारको मिलेमत्तोमा ठेक्का लगाउन सकेको छैन । करार सम्झौता सकिएको नौ महिना बितिसकेको छ तर महानगरले न त अहिलेसम्म ठेक्का लगाउन सकेको छ न त व्यवसाय खुलाउनै सकेको छ । अहिले उक्त सटरहरुको करार सम्झौता सकेपनि महानगरले फर्जी सूचना निकालेर ठेकेदारसंगको मिलेमतोमा कार्तिकदेखि नगरप्रहरीले बन्द गराइ व्यवसायीको सामान बन्धक बनाइ राखेका थिए । २०७८चैत्र महिनामा नगरप्रहरीले व्यवसायीहरुकाे सटरमा ताला लगाए भने जेठ महिनामा प्रमुख गेट समेतमा ताला लगाइदिएका छन् । सहरी सेवा केन्द्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायी रमेश चौलागाइका अनुसार पहिलो ठेक्का महानगरले कञ्चन ट्रेडिङलाई सञ्चालन गर्ने दिएको र सम्झौता सकेको दिन महानगरका कर्मचारी आएर भाडा महानगरको खातामा हाल्न लगाइ पसल निरन्तर सञ्चालन गर्न दिएको बताए । उनले भने हामीहरुको बिसौं लाखको सामान महानगरले बन्धक बनाएका छन् । हामी मर्कामा छौं । हामीले व्यवसाय संचालन गर्न पाउनुपर्छ महानगरको भाडा कति हो हामी तिर्न तयार छौं । अर्का व्यापारी विना श्रेष्ठ भन्छिन मैले किराना पसल संचालन गरेकी थिए । सामान सबै कुहिसक्यो होला । महानगरले कम्तिमा भाडा समायोजन गरेर पसल चाहिं खोल्न दिनुपर्ने हाे तर व्यवसायीकाे दु:ख कस्ले बुझ्ने । अहिले जनतालेनै चाहेका मेयर आएका छन् । हाम्रो दु:ख बझिदेलान की ? व्यवसायी हाेम खड्का भन्छन् । हामीले शहरी विकास मन्त्रालय, महानगरकाे राजश्व विभाग, कार्यकारी प्रमुख र कार्यान्वयन विभागमा गएर पत्र बुझाएका छाैं व्यवसाय सञ्चालन गर्न पाउनुपर्याे भनेर तर महानगरले हाम्राे मागलाई सुनुवाइ गरेनन् । अहिले शिक्षित यूवा मेयर बनेका छन् । पक्कै हाम्राे मागकाे सुनुवाई हुनेछ । जानकारहरुका अनुसार सहरी सेवाकेन्द्र संगैको पाँचवटा सटर रातारात नगरपालिकाको मिलेमतोमा ठेकेदार माधवप्रसादले बनाएको बताउँछन् । ठेकेदारले ठेक्का सम्झौता पश्चात उक्त सटर रातारात बनाएको हो । र पछि सटर आवतजावतमा असहज भएपछि फलामका मोटा बार काटेर केहि स्थानमा गेट बनाएको प्रत्यक्षदर्शीहरु बताउँछन् । यो महानगरको ठेक्का बिपरित काम हो । ठेकेदार काफलेले बनाएका पाँचवटा अस्थाइ सटरको भाडा केही महिना अघिसम्म असुल्दै आइरहेका थिए ती सटरहरु महानगरको नियम बिपरित बनाइएका कारण २०७८ चैत्र १९ र २० गते ठेकेदार स्वयम आफैले भत्काएका छन् । महानगरका प्रशासकिय प्रमुख महेश काफ्लेले केहिमहिना अगाडी सेवाकेन्द्रको भवन सम्झौता सकिएको र अहिलेको अवस्थामा सो भवनका शौचालयहरु प्रयोग गर्न लायक नभएका कारण नयाँ प्रविधिमैत्री बनाउने या त्यसैलाइनै निरन्तरता दिने भन्ने निर्णय नभइसकेकोे र अब केहिदिन भित्रै सो निर्णय महानगरले लिने उनले बताएका थिए तर महानगरले अहिलेसम्म ठोस निर्णय लिन सकेको छैन ।...

All Comments.......


Please Login/Register To Comments