सुनील सापकोटा सदा झैं हिजो नेपालमा यो बर्ष ०७९/ ८० को नयाँ बजेट आएको छ । हिजो अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड आकारको बजेट पेश गर्नु भएको थियो। यो बजेट लाई नेपाल चेम्बर अफ कमर्स र विभिन्न स्वतन्त्र बिचार राख्ने अर्थशास्त्रीहरुले यो बजेट यथार्थमा आधारित न भइ ( फियर बजेट न भइ " पपु लिस्ट बजेट " ) भनी टिप्पणी गरेको पाइयो । म अर्थविद वा अर्थ शास्त्रको बिद्यार्थी होईन । तर मैले विगत धेरै बर्ष देखि नेपालमा विभिन्न सरकारहरु बाट येस्ता धेरै "पपुलिस्ट " बजेट देखें । जस्ले जे भने पनि बिगत २०४६ साल देखि देशबासीको जुन उन्नति कल्याण हुनु पर्ने हो त्यो त्यति भएको मलाई चाहिँ लाग्दैन । बजेटको आकार जति बढदै गए पनि हाम्रा हजारौं युवा - युवतीहरु दैनिक रोजगारीको खोजमा आफ्नो देश छोडेर बिदेश तिर पलायन भएको देख्छु । त्यस्तै यहाँ बर्सेनि हत्या , हिंसा ,बलात्कार, साम्प्रदायिक दंगा, भ्रस्टाचार गुंडागर्दी , तस्करी , बेरोजगारी , कालाबजारी , नातावाद कृपावाद , कानून र ब्यवस्थाको अभाव का साथै राजनैतिमा व्यापक बिदेशी चलखेल र हस्तक्षेप आदि इत्यादि बिकृती र विसङ्गतीहरु मा चाहिँ प्रगति भएको देख्छु । हामी भोट् किन दिन्छौं ? सरकार किन बनाउँछौं ? प्रत्येक बर्ष बजेट किन ल्याइन्छ ? उत्तरमा शायद देशको स्थिति र परिस्थिति बदल्न भनिन्छ। तर लोकतान्त्रिक राजनैतिक ब्यवस्था भन्ने पछिल्लो तीस बर्ष देखि यहाँ जो छ , त्यस्ले यहाँ कुनै तात्विक बिकास र आर्थिक परिवर्तन र सुधार जुन रुपमा गर्नु पर्ने त्यो गरेको पाइदैन। तपाईं हामीलाई यहाँ कुनै नेता ,कुनै पार्टी, कुनै बिचार राम्रो लाग्दो होला। तर ती सबै असफल भइ सके भन्ने मलाई लाग्छ। ती सबै ठग,लूटाहा ,फटाहा साबित भइ सके। फेरि तिनको परिक्षण गर्नु भनेको बालुवामा पानी हाल्नु जस्तो हो ।बेकुफि हो ,बेकार हो। मेरो विचारमा एउटा सच्चा,इमानदार,नैतिकवान,बिचारशिल , पढेलेखेको दक्ष नेताले चाह्यो भने पाँच / सात बर्षमा यो सानो नेपालको काया पलट गर्न सक्छ । तर दु:खको कुरा के हो भने हाम्रो देशमा येस्ता पुराना नेता पहिले दुई चार जाना देखिन्थे तर अहिले कोहि पनि छैनन् । अहिले गाली - गलौज, आरोप - प्रत्यारोप र कुतर्क गर्ने नेताहरु बढी देखिन्छन् । यहाँ मुलुकको मुहार फेर्ने " भिजिनरी " कोहि नेता देखिदैन । कुनै नेता संग पनि देश बनाउने कुनै सोच नै छैन । खाली कसरी मन्त्री हुने , अनि लूटेर धनी हुने , स्वास्नी छोराछोरीहरु लाई कसरी सांसद , नेता बनाउने र राजनैतिक नियुक्तिहरु दिने । नजिकका नातेदारहरु लाई कसरि जागिर खुवाउने आदिमा मात्र रातदिन लागेका देखिन्छन् । नेताहरुको लूटको यो धन्धा बरकरार छ । यिनिहरुले चुनावमा तपाईं हाम्रो भोट् कहिले सिद्धान्तको कुरा गरेर , कहिले झुठो बोलेर त कहिले डर , धाक, धम्की, र लोभ देखाएर लूटि रहेका छन ।यसपालि आम चुनाव हुनेवाला छ । हुन्छ कि हुँदैन थाहा छैन । भयो भने तपाइँ हाम्रो लंगुटि पनि अब लूटिने बेर लाग्दैन । अब चाहिँ सचेत हौं ! है । धन्यवाद ।...

All Comments.......


Please Login/Register To Comments