भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय साँसद श्री प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल नगरपालिका एशोसिशन भक्तपुर नगरपालिका समितिको आयोजनामा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकामा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरुलाई बधाई, शुभकमाना र कर्मचारीहरुलाई मार्ग निर्देशन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सुवालले निर्वाचन साधन मात्र हो, जनप्रतिनिधिको साध्य भनेको उद्देश्य जनताको निस्वार्थ सेवा हो भन्नुहुँदै नेपाल मजदुर किसान पार्टीले निर्वाचन अगाडि प्रस्तुत गरेको घोषणापत्रलाई कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीहरु प्रतिबद्ध भई  लाग्नुपर्ने तथा नयाँ जनप्रतिनिधिहरु अझ बढी सजग भई कार्यक्षेत्रमा खटिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले प्रस्तुत गरेको बजेट उत्पादनमूखी नभएको जिकीर गर्नुहुँदै बजेटमा महानगर र उपमहानगरपालिकाहरुमा तीन महिनाभित्र ग्याँस सिलिण्डरलाई विस्थापित गरी विद्युत प्रयोग गर्ने उल्लेख भएको तर नगरपालिकाहरुको हकमा स्पष्ट उल्लेख नभएतापनि भक्तपुर नगरपालिकाले विद्युतको प्रयोग गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
स्वदेशी उत्पादनको कमीले गर्दा देशको अर्थतन्त्र कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रमुख अतिथि सुवालले विदेशी मुद्रा संचिति नहुँदा देश परनिर्भरतातर्पm धकेलिंदै गएको बताउनुहुँदै सकारले लागू गरेको हप्तामा दुई दिने विदा अव्यवहारिक भएको बताउनुभयो ।
जनप्रतिनिधि र कर्मचारीहरु एम्बुलेन्स र दमकल सरह निरन्तर देश र जनताको सेवामा समर्पित भएर कार्यगर्नुपर्ने भन्नुहुँदै  उल्लेख गर्नुभयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले समाजवादी देशहरुमा जनताको सेवालाई प्रमुख प्राथमिकतामा राखी विज्ञापन गरिरहेको तथा पूँजीवादी देशहरुमा समेत संघीय र प्रदेश सांसदहरु कुनै न कुनै पेशामा संलग्न रही देशको अर्थतन्त्रलाई योगदान गरिरहेको उल्लेख गर्नुहुँदै जनप्रतिनिधि र कर्मचारीहरुले निस्वार्थ रुपमा देश र जनताको सेवामा समर्पित भई लाग्नु पर्ने बताउनुभयो । उहाँले नि
सरकारको बजेट बक्तव्यमा उत्पादनमूलक क्षेत्रमा बजेट विनियाजन नभएको उल्लेख गर्नुहुँदै कर्मचारीहरुको तलब वृद्धि भन्दा बढ्दो महंगीलाई नियन्त्रण गरी व्यापक जनतालाई राहत दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका देशकै उत्कृष्ट स्थानीय तहको रुपमा विकास भइरहेको अवस्थामा नगरलाई सर्वोकृष्ट बनाउन जनप्रतिनिधिहरुलाई कर्मचारीहरुको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै समाजवादी विचारलाई आत्मसात गर्दै भक्तपुर नगरपालिकालाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरु एक सिक्का दुई पाटा सरह कार्य गर्नुपर्ने बताउनुहुँदै कर्मचारीहरुको मर्यादित र सभ्य भई जनतालाई निस्वार्थ सेवा दिई आगामी कार्यकालमा भक्तपुर नपालाई देशकै सर्वोकृष्ट नगर बनाउन सफल हुनेमा आशा व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नेमकिपाले जनप्रतिनिधिहरुले जनताबीच गरेको प्रतिबद्धता र जनताको भावना अनुरुप कार्य गर्न कर्मचारीहरुको साथ र सहयोगको अपेक्षा गर्नुहुँदै भक्तपुरलाई सभ्य, सुसंस्कृत र उदाहरणीय बनाउन कर्मचारीहरु अझ बढी उत्तरदायी र कर्तब्यनिष्ठ भई जनताको सेवा गर्न अग्रसर रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कर्मचारी संगठनको आवश्यकताबारे चर्चा गर्नुहुँदै जनप्रतिनिधि र कर्मचारीहरुले सदैव कृयाशील भई सकारात्मक रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल नगरपालिका कर्मचारी एशोसियशनका अध्यक्ष गौतम लासिवाले जनप्रतिनिधि र कर्मचारीहरुको सहकार्य र समन्वय अपरिहार्य रहेको चर्चा गर्नुहुँदै निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताहरुलाई अक्षरस पालना गर्नका लागि कर्मचारीहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै कोभिडको विषम परिस्थितिमा भक्तपुर नगरपालिकाले गरेको कार्यलाई प्रदेश सरकारले विपद् व्यवस्थापनको कार्यका लागि पदकद्वारा विभुषित गरेको खुशी व्यक्त गर्नुभयो ।
एशोसियशनका अध्यक्ष लासिवाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा र फूलको गुच्छाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा सहसचिव विकाश प्रजापति र सदस्य दिलकृष्ण माकले पनि बोल्नुभएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments