काठमाडौं । नेपालमै क्यान्सरको अन्तराष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलव्ध रहेको दावी एक कार्यक्रमका सहभागीहरुले गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँंचौ वाषिकोत्सव उदघाटन कार्यक्रममा सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका क्यान्सर विज्ञ डा सुदीप श्रेष्ठले यस्तो दावी गरेका हुन् ।
उनले त्यसकारण विदेशमा पुगेर महँंगोमा क्यान्सर उपचार गर्न जानु नपर्ने बताए । नेपाल क्यान्सर हस्पिटल रिसर्चले नेपालमै कम पैसामा क्यान्सरको उपचार गर्न आफूहरु सफल भएको दावी उनले गरे । नेपालको क्यान्सरको उपचार नेपालमा नै भन्ने नाराका साथ आफूहरुले नेपालमै कम पैसामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको उपचार सेवा प्रदान गर्दै आइरहेको जनाए । क्यान्सर उपचारमा सदैव साथ विरामीको हातमा हाम्रो हात भन्ने भाबनाका साथ आफूहरु विरामीमा सेवामा दिनरात लागिरहेको उनको भनाई थियो ।
वार्षिकोत्सवको उदघाटन स्वास्थ्य सचिव डा रोशन पोखरेलले गरेका थिए । त्यस अवसरमा अस्पतालमा आठ वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रमको क्रममा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि दिलाइएको थियो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा निकाल्दै आएको आशा स्मारिकाको पनि संयुक्त रुपमा विमोचन गरिएको थियो ।  
नेपालमा सेन्टरका साथै भरतपुर क्यान्सर अस्पताल भरतपुर चितवन, भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरलगायतका अस्पतालमा वढी प्रख्यात छन् । क्यान्सर उपचार नेपालमै अन्तराष्टिय मापदण्ड अनुसारको बनाउन डा श्रेष्ठकै अगुवाइमा ललितपुरको हरिसिद्धिमा ठूलो स्केलमा पछिल्लो पटक नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको थियो ।  

...

All Comments.......


Please Login/Register To Comments