काठमाडौ । उपत्यकामा आज थप २ सय जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ७ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले बताए।
डा . गौतमका अनुसार बिहिबार संक्रमण मुक्त भएर थप २६४ जना डिस्चार्ज भएका छन्। आज संक्रमण मुक्त भएकासँगै देशभर कूल १७ हजार ९ सय ६४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
आज देशभर ११ हजार ५सय २५ जना सक्रिय संक्रमित र होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको मन्त्रालयले जनाएको छ। ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा रहेको डा. गौतमले बताए।


...

All Comments.......


Please Login/Register To Comments