काठमाडौं । नेपालको बैंक तथा वितीय संस्थामा लामा समय व्यवस्थापकीय कौशल भएका चन्द्रमान प्रधानलेको आत्मकथन चन्द्रकमल एक थुंगा बजारमा आएको छ । अग्रज बैंकर्स व्यवस्थापकको रुपमा परिचय कमाएका प्रधानको आत्मकथामा आधारित चन्द्रकमल एक थुंगा नामक पुस्तक बजारमा आएको हो ।
पुस्तक एक सय ८० पृष्ठको रहेको छ । पुस्तकमा नेपालको बैकिंग क्षेत्रको इतिबृत समावेश रहेको छ । साथै सात दशकयताका काठमाडौं उपत्यकाको राजनीतिक, साँंस्कृतिक र आर्थिक चित्रण पनि गरिएको छ ।
पुस्तक ६ भागमा विभाजित छ । मेरो पारिवारिक परिवेश, सहकारी वैंकको सेरोफेरो, कृषि विकास बैंकमा आरोह अवरोह, धान चामल कम्पनीमा चार वर्ष, अन्य संघ संस्थाहरुमा कार्यरत र अन्तमा गरी ६ भागमा विभाजित गरिएको छ । पुस्तकको अन्तमा तस्वीर खण्ड राखिएको छ । पुस्तकको प्रकाशक लुमिनकुमार श्रेष्ठ संयोजक मञ्चुका स्मृति अक्षय कोष काठमाडौं रहेको छ । पुस्तकको मूल्य पाँंच रुपैयाँं र १० अमेरिकी डलर राखिएको छ ।

  • Shares

All Comments...


Please Login/Register to comment.