सीता कोजू
भक्तपुर । भक्तपुर लिवालिस्थित वाल बिकास सेकेण्डरी स्कूलले दुईदिने आँखा शिविर सोमबार सम्पन्न गरेको छ । कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपनका लागि तिलगंगा आँंखा केन्द्र अन्तर्गतको सामुदायिक आखा केन्द्र च्याम्हािसंहको प्राविधिक सहयोगमा शिविर संचालन गरीएको हो ।
बालबालिकाको पढाईमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक वर्ष झै यो वर्ष पनि शैक्षिक सत्रको शुरुवाती दिनमै आखा शिविर संचालन गरिएको हो । सो शिविरमा कक्षा एकदेखि कक्षा दशसम्मका जम्मा आठ सय ३३ जना बालबालिकाहरु लावान्वित भएका छन् ।
 परीक्षणका क्रममा केही बढी समस्या देखिएका विद्यार्थीहरुलाई सामुदायिक आखा केन्द्र च्याम्हासिंह रेफर गरी अभिभावकलाई सो सम्बन्धि जानकारी दिने कार्य पनि गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments