भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वरबहादुर थापा विजयी भएका छन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन् । गोलाप्रथाबाट उनीहरु दुवै जना जिसस प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।  
जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता रहेका थिए । जिल्लाका चार वटा नगरपालिकाका भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाकाहरुका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन् । जिल्लामा सता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई वटा मत थियो ।
यो हिसावले नेमकिपा निर्णायक थियो । त्यसकारण उसलाई मनाउन दुवै पक्षका दलहरुले लगातार प्रयास गरेक थिए । दुवै पक्षले नेमकिपालाई प्रमुख पद पनि दिएका थिए । तर उक्त पार्टीले एमसीसी पास गर्ने दलहरुसँंग कुनै हालतमा गठबन्धन नगर्ने अडान कायम राखेपछि मतदान भएको थियो ।
मतदानमा सता गठबन्धन र एमाले दुवैले तीन तीन मत प्राप्त गरेको थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट निर्णय सार्वजनिक भएको हो ।
गोलाप्रथाबाट ५ जना सदस्यहरुमा एमाले ४ र १ जना काङ्ग्रेसका उम्मेदवारले जित निकालेका छन् । यस हिसावले जिससमा एमालेको बहुमत भएको छ ।
एमालेका नानु कार्की, मन्जु कार्की, बिश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर जितेका हुन् । काङ्ग्रेस १ सदस्यमा बिनु केसीले जित हासिल गरेकी छन् ।

...

All Comments.......


Please Login/Register To Comments