भक्तपुर । श्वेत भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विद्यार्थी उपसमितिद्वारा आयोजित पाँच दिने उद्घोषण तथा वाक्कला तालिम र मिठाइ बनाउने तालिमको संयुक्त रुपमा प्रमाणपत्र वितरण तथा नव निर्वाचित जनप्रतिनिधिहरुमा बधाई ज्ञापन कार्यक्रम एक समारोहकाबीच सम्पन्न भयो ।
बधाई ग्रहण गर्दै नवनिर्वाचित भनपा ८ नं. वडाध्यक्ष कृष्ण प्रसाद कोजूले वर्तमान समयमा युवाहरु कुलतमा फसिरहेकोले सामाजिक संघ संस्थाले युवा लक्षित, सीपमूलक तालिम, खेलकुदका गतिविधि सञ्चालन गर्न जोड दिनुभयो । साथै, उहाँले पार्टी घोषणापत्रमा उल्लेख बुँदाहरु अक्षरशः पुरा गर्न हरतरहले लागिपर्ने बताउनुहुँदै तालिम लिएका प्रशिक्षार्थीहरुले व्यवहारमा प्रयोग गरे मात्रै सार्थकता पाउने बताउनुभयो ।
पूर्व वडाध्यक्ष महेन्द्र खायमलीले भक्तपुरलाई रोल मोडल बनाउन जनप्रतिनिधीको होसेमा वडाबासीले हाइसे गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा प्रशिक्षक शरद राईले ऐतिहासिकताले भरिपूर्ण भक्तपुर डकुमेन्टेशनको अभाव रहेको बताउँदै नयाँ पुस्ता अब डकुमेन्टेशनमा पनि लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष जितेन्द्र खायमली, दिनेश खड्गीलगायतले बोल्नुभयो ।

...

All Comments.......


Please Login/Register To Comments