भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा पुरुष व्यक्तिको मृत लाश घोप्टो परी रगताम्य अवस्थामा आइतबार फेला परेको छ । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिई प्रारम्भिक अनुसन्धान गर्दा उक्त मृत्तक व्यक्ति भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५१ को कल्याण साहु रहेको खुलेको प्रहरीले जनाएको छ । निजलाई कर्तव्य गरी मारिएको आशंकामा केही शंकित व्यक्तिहरुलाई पक्राउ गरी प्रहरी वृत्त थिमीमा ल्याई थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेल जनाए । प्रारम्भिक अनुसन्धान पुरा गरी मृत्त लाशलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुरमा राखिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments