थिमि । भक्तपुरको मध्यपुर थिमि बोडेस्थित कमलपोखरी (पलिस्वाँ पुखु) भूमाफियाको चंगुलबाट जोगिएको छ । उच्च अदालत पाटनले भक्तपुर जिल्ला अदालत भक्तपुरले फैसला सदर गरेपछि पोखरी मुमाफीयको चंगुलबाट मुक्त भएको हो । पोखरीको पेशी वहस पैरवीमा बुधबार भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको गरिदिएको थियो ।
सार्बजनिक मुद्दामा ऐक्यबद्धता जनाउन पोखरी संरक्षण गर्न गठित समितिका अध्यक्ष गणेशमान चक्रधर, उपाध्यक्ष रमेश थापा श्रेष्ठलगायतका स्थानीय अदालत पुगेका थिए । साथै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, पूर्व मेयर मदनकृष्ण श्रेष्ठलागयतका व्यक्तिहरु पनि एक्यवद्धता जनाउन अदालत पुगेका थिए । यस कार्यमा प्रत्यक्षअप्रत्यक्ष सहयोग गर्नुहुने र ऐक्यबद्धता जनाउन हुने सम्पूर्णमा हार्दिक बधाई तथा धन्यवाद दिइएको छ । 
...

All Comments.......


Please Login/Register To Comments