थिमि । विनायक शिक्षा निकेतन मध्यपुर ठिमीको पूर्व प्रा.वि तहमा अध्ययनरत बालबालिकाहरुलाई जेष्ठ नागरिकप्रति सम्मान जागृत गराउने र बालबालिकाहरुमा असल संस्कारको विकास गर्ने उद्देश्यले विद्यार्थीहरुको हजुरबुवा, हजुरआमा भेला तथा सम्मान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुका हजुरबुवा हजुरआमाहरुलाई खादा तथा मायाको कोसेली साथ प्रिन्सिपल प्रजापतिले सम्मान गर्नुभएको कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुले आफ्नो बाल्यकालको स्मरण सुनाउदैँ, भजन र कथा सुनाएर बालबालिकाहरुलाई मनोरञ्जन गराउनु भएको थियो । कार्यक्रममा उपस्थित सबैजनाले विद्यालयमा हजुरबुवा÷हजुरआमाहरुलाई बोलाएर सम्मान गर्नुभएको खुशी व्यक्त गर्नुभयो । कार्यक्रमको संञ्चालन शिक्षिका सानु चक्रधरले गर्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments