काठमाडौं । देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालयमध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको  संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ ।
रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको सर्भेले यस्तो देखाएको छ । सर्भेको विस्तृत रिपोर्ट आगामी असार १५ र १६ गते हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिने शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए । उनले देशभरका पुस्तकालयहरुलाई ६० बढी प्रश्नहरु सोधेर सर्भे गरिएको जानकारी दिए ।
दोस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपसचिव निरौलालले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरु नगन्य रहे पनि सरकारले ७५३ वटै स्थानीयतहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए । निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको छ ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिनै लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरु लमोसमय सञ्चालन हुन नसकेको बताए । रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरु सञ्चालन गरेको साथै, ती सबै दिगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले स्पष्ट पारे ।
‘रिड नेपालले सञ्चालन गरेका पुस्तकालय समुदाय र दिगो विकास सँग जोडियो ।’ श्रेष्ठले भने, ‘हामीले दिगो विकासकालागि हरेकलाई १० लाख बिउ पूँजीदियौं’ । समुदायमाआधारित भएर सञ्चालनगर्दा पुस्तकालयलाई निरन्तरतादिन सहजहुने गरेको उनले अनुभव सुनाए । रिड नेपालका पुस्तकालयले बालक, युवा र वृद्ध सबैलाई जोड्ने काम गरेको श्रेष्ठको भनाइथियो ।
यस्तै, शान्तिभोलुन्टियर एसोसिएसनकाविनोद गुरुङले सरकारले सार्वजनिक पुस्तकालयको संख्या बढाउनुपर्नेमाजोड दिए । पुस्तकालय सर्वसाधरण जनताको विश्वविद्यालयभएको भन्दै हरेक स्थानीयतहमा पुस्तकालयखोलिनुपर्ने उनको भनाइथियो । रिड नेपालकाचिजकुमार श्रेष्ठले सरकारले अनुदानले चलेका पुस्तकालयहरु दिगो विकासका योजना र समुदायको स्वामित्वनहुँदा भटाभट बन्दभइरहेपनि रिड नेपालले ३१ वर्ष अघि देखि शुरु गरेका पुस्तकालयहरु अझैसम्ममज्जाले सञ्चालनभइरहेका बताए ।


...

All Comments.......


Please Login/Register To Comments