मध्यपुर ठिमी भक्तपुर खेल र शिक्षालाई एक अर्काका पर्याय ठानी अनुशासित खेलाडी तयार गर्दै गुणस्तरीय शिक्षाका साथसाथै अतिरिक्त क्रियाकलापको क्षेत्रमा उत्कृष्ट विद्यालयका रुपमा चिनिएको विनायक शिक्षा निकेतन मध्यपुर ठिमीले यही असार 17 गते विद्यालयको बार्षिक कार्यतालिका अनुसार ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्यो । विनायक प्रेसिडेन्ट क्लवको तथा अतिरिक्त क्रियाकलाप विभागको सक्रियतामा आयोजित उक्त ब्याडमिन्टन प्रतियोगिता सुनियो र जुनियर गरी दुई भागमा विभाजन गरी सम्पन्न गरिएको थियो। अन्तर सदनात्मक प्रतियोगिताका रुपमा गरिएको उक्त कार्यक्रममा करिब 100 जना विद्यार्थीहरु सहभागी भएका थिए। सिनियर छात्रतर्फ ओम आलेमगर, हबिल राई ,प्रनिस अवाल र छात्रातर्फ aliza prajapati, krishana nakarmi, rashana prajapati क्रमशः प्रथम द्वितीय र तृतीय भएको उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले समान सहभागिता र सीपमूलक शिक्षा विकास गर्न तथा विद्यार्थीको क्षमतालाई बाहिरी दुनियाँमा परिचित गराउन स्थापनाकालदेखि नै विद्यालयले जोड दिएको कुराबताउनु भयो। विद्यालयका सहायक principal प्रेमप्रसाद निरौलाको संयोजन र व्यवस्थापनमा आयोजित उक्त प्रतियोगितामा जुनियर छात्र तर्फ जीवन मगर, रिजन श्रेष्ठ र परबत लामा अनि छात्रातर्फ मनिषा तामाङ,जुनेली मगर, र अनिता मगरले उत्कृष्ट खेल खेल्दै क्रमशः प्रथम द्वितीय र तृतीय बन्न सफल भएका थिए।...

All Comments.......


Please Login/Register To Comments