भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा कलेजमा ह्वाट अफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढने ?) विषयमा परामर्श कार्यक्रम हुने भएको छ । दस जोड दुई पास गरेपछि के पढ्दा के के हुन्छ भन्ने परामर्श गर्न कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रम असार २५ गते शनिबार विहान ११ बजे कलेजमा हुने जनाइएको छ ।
कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थपन विषय लिई स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि मागदर्शन गर्न कार्यक्रमको आयोजना गरिएको जनाए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रममा विज्ञहरुले ंव्यवस्थापनका विषयहरु केके छन् ?, कहाँंकहाँं पढन पाइन्छ ?, पढेपछि केके हुन पाइन्छ ? यसका स्कोपहरु केके छन् ? आदि विषयहरुमा जानकारी दिने जनाए । विहान ११ बजेदेखि एक दुई घण्टा परामर्श कार्यक्रम हने जनाइयो ।
परामर्शका कार्यक्रममा सहभागी हुन विद्यार्थीले फारम भर्न सकिने जनाइएको छ । कार्यक्रम सुरु हुनु भन्दा केही समय अगाडि आएर उक्त फारम भर्न सकिने जनाइएको छ । यसले व्यवस्थिति कार्यक्रम सञ्चालनमा सहज हुने विश्वास लिइएको छ ।
विद्यार्थी अनि अभिभावकहरुको मागलाई मध्यनगर गरी कार्यक्रम चलाउन लागेको जनाइएको छ । भविष्यमा साइन्स, मानविकी, शिक्षाशाश्त्र, कानुनलगायतका विषयहरुमा पनि यस्तो कार्यक्रम राख्ने योजना रहेको कलेजले जानकारी गराएको छ ।    

...

All Comments.......


Please Login/Register To Comments