- Post Date 2022-07-08 09:37:34
एजेन्सी – जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।
यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ बताएका थिए । आक्रमणकारीको उद्देश्य खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए ।
यसअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका थिए । किशिदाले भनेका थिए, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गरिरहेको छु । म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन ।’
राजधानी टोकियोमा भावनात्मक भाषणका क्रममा फुमियो किशिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको आधारशीला भनिन्छ र यस्तो समयमा यो घटना भएको छ । यो बर्बर र दुर्भावनापूर्ण छ र यसलाई सहन सकिँदैन । हामीले जे जति गर्न सक्छौँ, त्यो गर्नेछौँ र यो हमलाको विरोध गर्नका लागि जति पनि कडा शब्द छन्, म ती प्रयोग गर्न चाहन्छु ।’
...
All Comments.......
Please Login/Register To Comments