भक्तपुर, २५ असार
नित्यनाथ भजन पासा पुचःको आयोजनामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँको जीवन संगिनी नेपाल क्रान्तिकारी महिला संघका कन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधान(विजुक्छेँ) र नित्यनाथ भजनका सदस्य चन्द्रलक्ष्मी दुवालको असामयिक निधनप्रति शनिवार नित्यनाथ परिसर सूर्यमढीमा श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रमका  प्रमुख अतिथि एवं भक्तपुर न.पा. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले रोग लाग्न नदिन अगाडि नै सचेत हुन आह्वान गर्दै प्रत्येक ३÷३ महिनामा आफ्नो शरीरलाई नियमित परीक्षण गरिरहनुपर्ने बताउनुभयो । उहाँले दिवंगत भएकाबाट सिकेर कुनै खालको रोग लाग्न नदिनुपर्ने बताउनुभयो । उहाँले दिवंगत भएकालाई सम्झनुका कारण हाम्रो समाजका लागि राम्रा काम गरेकै कारण बताउँदै उहाँहरुबाट प्रेरणा लिएर हामी पनि संघर्षशिल बन्नुपर्ने बताउनुभयो । वडाका विभिन्न गतिविधिबारे जानकारी गराउँदै समाजवादी व्यवस्थाका लागि अनवरत संघर्षमा लागेका का. प्रधानबाट हामी सबैले सिक्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष एवं नेमकिपा सूर्यमढी प्रा.स.का सचिव लक्ष्मी प्रसाद कुसीले शोभा प्रधानको योगदानको चर्चा गर्दै भक्तपुर काण्ड जस्तो पंचायती राज्यस्तरको षड्यन्त्रदेखि पनि नडराइकन महिला आन्दोलनलाई अघि सारेको बताउनुभयो । उहाँले का. शोभाले देखाएको बाटोलाई सार्थक बनाउन लाग्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुभक्त कुसीले अत्पायुमै निधन हुनुले सबैलाई शोकमा दुवाएको बताउँदै शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।
भजन समूहका प्रशिक्षक प्रेम प्रजापतिले का.शोभा प्रधानको जीवनी र प्रशिक्षार्थी लक्ष्मीकेशरी तुइतुईले चन्द्रलक्ष्मी दुवालको जीवनी बताउनुभएको उक्त कार्यक्रममा श्रीप्रसाद तुइतुईलगायतले बोल्नुभएको थियो । एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेको उक्त कार्यक्रममा दुवैको तस्विरमा पूmलको गुच्छा चढाएको थियो । औपचारिक कार्यक्रमपश्चात भजनबाट श्रद्धाञ्जली गीत प्रस्तुत गरेको थियो ।


...

All Comments.......


Please Login/Register To Comments