भक्तपुर । हरिशयनी एकादशीको अवसरमा आइतबार भक्तपुरको नासमनामा भजन कीर्तन गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ३ स्थित श्याम सुन्दर राश भजन मण्डलमा भजन कीर्तन गरिएको हो ।
श्री श्याम सुन्दर राश भजन घर पुनः निर्माण समिति भक्तपुरको आयोजनामा भजन कीर्तन गरिएको हो ।
श्री श्याम सुन्दर राश भजन घर पुनः निर्माण समितिका अध्यक्ष डा इन्दुल केसीले दैनिक नियमित रुपमा साँंझ भजन कीर्तन हुने भए पनि हरिशयनी एकादशीको अवसरमा आइतबार विशेष भजन कीर्तन गरिएको जानकारी गराए । धर्मसंस्कृतिको जर्गेनाका लागि भजन कीर्तन गरिएको उनको भनाई थियो ।
हालै निर्माण सम्पन्न श्री श्याम सुन्दर राश भजन घरको पुननिर्मित भजन घरको पहिलो तल्लामा भजन कीर्तन गरिएको हो । भजन घर पुननिर्माण सकिए पनि हस्तान्तरण हुन भने बाँंकी नै छ । भजन घरमा विद्युत जडान, खानेपानीको व्यवस्था तथा रंगरोगन कार्य सम्पन्न हुन बाँकी रहेकोले भजन घर हस्तान्तरण हुन बाँंकी भएको हो ।
भजन घर झण्डै डेढ करोडमा पुनः निर्माण सम्पन्न भएको हो । तर भजन घरको रंगरोगन, विद्युत र खानेपानीका लागि आवश्यक तीन लाख रुपैयाँं निकासा नहुँंदा भजन घरको हस्तान्तरण हुन नसकेको हो ।
भजन घरको नक्सा डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क गरिदिएको थियो । तर भजन घर भने स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले बनाइदिएको थियो । तर काम सम्पन्न हुन तीन लाख संस्कृति मन्त्रालयबाट निकासा नहुँंदा काम निर्माण सम्पन्न हुन नसकी काम अधुरो भएको हो ।
भजन र्कीतनमा भक्तपुर नगरका विभिन्न ठाउँंका नगरबासीहरु सहभागी भएका थिए ।

...

All Comments.......


Please Login/Register To Comments