भक्तपुर । लामो समयदेखि भक्तपुर नगरकोट सडक ठेकेदारले सडक नबनाएको विरोधमा चाँगुनारायण नगरपालिका वडा न. ६ का नगरकोटका वडाअध्यक्ष धन बहादुर लामाले सडकमै कार्यालयको काम गरेका छन् । सोमबार बिहान कार्यालय समयदेखि सोही वडाको लामा टोल सडकमा बसेको सेवाग्राहीको काम गरिरहेको हामीलाई जानकारी दिएका छन् । टेबुल कुर्सी सहित सडकमा बसेर उनी सेवाग्राहीका काम गरिहेका देखिन्छन् । भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर भन्ने ब्यानर नै टाँसेर वडा अध्यक्ष लामाले सांकेतिक विरोध गर्दै वडाको काम गरेका हुन् ।
अध्यक्ष लामाले भने ‘धेरै समय भयो सडक बनेन् ठेकेदार र सरकारको ध्यानाकर्षण गर्न मैले सडकबाट नै जनताको काम गर्दै छु ।’ करिब ८ वर्ष भन्दा लामो समय भइसक्दापनि नेकपा माओवादीका अध्यक्ष प्रचण्डका घरभेटि ठेकेदार शारदा प्रसाद अधिकारी मालिक रहेको शैलुङ्ग कन्ट्रसनले १७ किलोमिटर लामो भक्तपुर नगरकोट सडक निर्माण कार्य पुरा गर्न सकिरहेको छैन् ।

...

All Comments.......


Please Login/Register To Comments