भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभामा नेकपा एमालेका सांसद महेश बस्नेतले निर्वाचन पछि सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा बस्नेतले विगतको पाँच बर्ष भक्तपुरको उपस्थिति सिंहदरवार रहेता पनि अब सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने बताएका हुुन् ।
उनले प्रधानमन्त्री देउवाले स्वयम् दुर्लभ थापालाई हराएर देखाउन गरेको आग्रहलाई स्मरण गर्दै आफूले नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभाका उम्मेदवार्र थापालाई तेब्बर मतान्तरले पराजित गर्ने ठोकुवा गरे ।

उनले गठबन्धनको सरकार भ्रष्टाचारमा लिप्त रहेको र गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा केपी ओलीका अघि सामाजिक सञ्जालमा चलेका भेलूबाजे देखिएकोे टिप्पणी गरे ।

उनले केपी ओेलीको प्रधानमन्त्रीत्वकालमा देशमा अभूतपूर्व विकास भएको तथा भक्तपुरमा समेत विकासको लहर आएको फेहरिस्त नै जीतको आधार भएको चर्चा गरे ।

उनले भक्तपुरमा आएको विकासको लहरलाई कांग्रेसले रोक्न खोजेको उल्लेख गर्दै गठबन्धन सरकार बनेपछि भक्तपुरको विकासमा अवरोध गरेको जनाए । उनले भक्तपुरका विभित्र अस्पताल र कलेजहरूमा कांग्रेसले आफ्ना आसपासेलाई नियुक्त गर्दै कमिशनको खेलमा डुबेको बताए ।
भक्तपुरको विकासको आँधीवेहरीलाई कांग्रेसले रोकेको बताउँदै आफूले शिक्षा, स्वास्थ्य , सडक, खानेपानीको विकासका लागि ल्याएको योजना र बजेटको फेहरिस्त सुनाउँदै ती बजेट र योजनालाई गठबन्धन सरकारले कटौती गरि विकासमा बाधा पुर्याउने काम गरेको उनले चर्चा गरे ।

भक्तपुर क्षेत्र नं २ मा कांग्रेसले, नेमकिपाले जीत हासिल गरेर संसदको यात्रा तय गरेको अवधिमा भएको विकास भन्दा आफ्नो एक कार्यकालमा भएको विकासको मूल्यांकन गर्न समेत चुनौति दिए ।
सांसद कोषबाट प्राप्त क्षेत्र नं. २ को १६ करोड बजेट कांग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको बताउँदै आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको बताए । उनले कांग्रेसलाई उक्त बजेटको खर्च दिन समेत चुनौति दिए भने आफूले गरेको खर्चको बारे सम्मपूर्ण तथ्यांक दिन सक्ने बताए ।

Attachments area


...

All Comments.......


Please Login/Register To Comments