भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नजिकिदैँ गरेको तिहारलाई मध्यनजर गरी भक्तपुर नगर भित्र संचालित मिठाई र फलफुल व्यवसायीहरुको भेला उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा बुधबार एक समारोह बीच सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले सत्यता र कर्तव्यनिष्ठ भई व्यवसाय संचालन गर्न अनुरोध गर्नुभयो । उहाँले सभ्य, सुन्दर र सफा नगर बनाउने उद्देश्य अनुरुप भक्तपुर नगरपालिका अगाडि बढी रहेको बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षर र सरसफाइमा नमुना नगर बनाउन नगरबासीहरु र व्यवसायीहरुको साथ र सहयोग भएको बताउनुभयो । उहाँले उपभोक्तालाई सहज र स्वस्थबद्र्धक उपभोग गर्न पाउनेमा आशावादी हुँदै स्वच्छ, सफा खाद्य पदार्थमात्र विक्रिवितरण गर्न अनुरोध गर्दै नगरपालिका त्यसमा सहजिकरण गरिरहेको बताउनुभयो । उहाँले नाफाको निम्ति जेपायो त्यहीँ नगर्न र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी सेवाभावले व्यवसाय संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुसंग अरु सहयोग भन्दा पनि आफ्नो व्यवासाय व्यवस्थित, मर्यादित र स्वास्स्थ र व्यवसायको मापदण्ड अनुसार संचालन गरी सहयोग गरे नगरबासी स्वस्थ्य भई नगर स्वच्छ र राम्रो समाज निर्माण हुने बताउनुभयो । उहाँले व्यवसायी र उपभोक्ता सचेत नभइकन हुँदैन भन्नुभयो । उहाँले तिहार मनाउन अलमल परेको बेला सम्बन्धित र सरोकारवालाहरुको छलफलले कार्तिक ७ गते लक्ष्मी पुजा, ८ गते म्हाः पुजा र ९ गते भाईटिका मनाउने निर्णय भएको बताउनुभयो ।

कार्यक्रममा अनुगमन समितिका संयाजक एवम् ३ वडाका वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा सम्पन्न भएको थियो भने सभापतिको मन्तव्य राख्नु हुँदै व्यवसायीहरुको आर्थिक स्तर उकास्न र व्यवसाय राम्रो संचालन गराउन, व्यवसायको राम्रो नराम्रो गुनासो सुझाबहरु जनप्रतिनिधि समक्ष गर्ने भएकोले मिठाईमा बढी खाद्य अखाद्य रंग प्रयोग गर्ने, एउटै तेलमा बढी पकाएको अखाद्य तेल प्रयोग गर्ने, पसल दर्ता र नविकरण बिना संचालन गर्ने, ढक तराजु नविकरण नगर्ने गरेको अनुगमनमा देखिएकोले त्यस तर्फ ध्यानाकर्षण गर्नुभयो । कार्यक्रममा स्वागत अनुगमन समितिका सदस्य एवम् १ नं वडाध्यक्ष श्याम कृष्ण खत्री र वडानिरिक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो भने व्यवसाय राम्रो गर्न र नगरपालिकाले गर्नुपर्ने विषयमा व्यवसायीहरु देवचन्द्र बज्राचार्य, विश्वराम लवजु, अनिष श्रेष्ठ, रामकुमार पुडासैनीले पनि बोल्नु भएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments