भक्तपुर नगरपालिका वडा नं. को १ को वडा कार्यालयसँगै रहेको भवनमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्र भाज्या पुखुको पश्चिमतर्फको स्थानमा स्थानान्तरण गरिएको छ । 
सोही अवसरमा आयोजित बृहत अभिभावक भेलामा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारीहरुले असल व्यवहारबाट बालबालिकाहरुलाई हुर्काउने प्रयासमा लाग्नुपर्ने बताउनुभयो ।
आधुनिकतासँगै जनताको चाहनाअनुसार अगाडि बढ्न नसके बिस्थापित हुने खतरा भएको बताउनुहुँदै उहाँले भवन र संरचना राम्रो हुँदैमा सेवा प्रवाह राम्रो हुने नभई त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुको मेहनतमा संस्थाको प्रगति हुने बताउनुभयो ।
भक्तपुरबासी जनताले आफ्नै बलबुत्तामा भक्तपुरको सम्पदा पुनःनिर्माण गरी इतिहास पुनःर्लेखन गर्ने काम गरेको बताउनुहुँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, खेलकुद आदि क्षेत्रलाई प्राथमिकतामा राख्दै समाजवादउन्मुख अभ्यास गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने अभियानमा छौं । यस अभियानमा जनताको साथ र सहयोग पाएको खण्डमा अझ सशक्त ढंगले अगाडि बढ्न हामीलाई प्रेरणा मिल्नेछ ।’
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शिक्षिक र सुसंस्कृत नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले कलेज तथा शिशुस्याहार केन्द्रहरु व्यवस्थित ढंगले सञ्चालन गर्दै आएको बताउनुहुँदै बालबालिकालाई आफ्नो संस्कृति र सम्पदाहरुलाई माया गर्ने वातावरण सिर्जना गर्न शिक्षिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कामदार वर्गका अभिभावकका बालबालिकाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको शिशुस्याहार केन्द्रले
त्यस्तै कार्यक्रममा शिशुस्याहार तथा बाल विकास केन्द्र प्रमुख दिपेन्द्र प्रजापति र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि शिशुस्याहार केन्द्रबाट प्रवाहित सेवा सुविधाहरुबारे चर्चा गर्नुभयो ।
...

All Comments.......


Please Login/Register To Comments