भक्तपुर । भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ । मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ । 
आदर्शको सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो । मेला तरकारी बजारभित्रै सुरु भएको हो । तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्यविनायक हरित कृषि तिहार विशेष रमाइलो मेला २०७९ सुरु भएको हो । 
मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौं गरेको छ । खुशी जनरल स्टोर सूर्यविनायक नगरपालिका ८ आदर्श चोकले मेलाको सहयोगी रहेको छ । मेलाको क्रममा दैनिक विभिन्न राष्टिय कलाकारहरुबाट गीत, संगीत, नृत्यमार्फत मनोरञ्जन गराउने कार्यक्रम रहेको जनाइएको छ । 
मेलाको क्रममा प्रत्येक दिन विहान साढे ११ बजेदेखि राति साढे सात बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ । यस क्रममा गीतसंगीतबाट मनोरञ्जन लिनसक्नुका साथै सस्तो बजारबाट सस्तोमा आफूलाई आवश्यक सामानहरु खरिद गर्नसक्ने जनाइएको छ । साथै तरकारी बजारबाट थोक मूल्यमा तरकारी पनि खरिद गरेर लान सकिने जनाइएको छ । 
मेलामा सहभागी हुन प्रतिव्यक्ति ५० रुपैयाँं टिकट दर रहेको छ । साथै विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँं प्रवेश शुल्क राखिएको छ । मेलामा बृद्धबृद्धा, अपांग, पत्रकार आदिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । 
यसअघि मेलाको उदघाटन पूर्व उद्योगमन्त्री महेश वस्नेतले गरेका थिए । कार्यक्रममा सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेता किरण थापालगायतका सहभागी रहेका थिए । 

...

All Comments.......


Please Login/Register To Comments