भक्तपुर । युवा व्यवसायीहरुले कोरोना महामारीको यो समयमा विशेष सचेत रहन पुनः आह्वान गरेका छन् । एकजनाको गल्तीले समाज र देश नै महामारीको चपेटामा पर्ने भन्दै उनीहरुले सवै जना स्वअनुशाशन पालना गरी महामारीबाट वच्न सकिने बताए ।
युवा व्यवसायी समाजका केन्द्रिय अध्यक्ष विश्वराम कवांले लकडाउनलाई थप समय वढाएर भए पनि स्वअनुशाशनलाई कायम गराउनुपर्ने खाँंचो औल्याए । युवा, विद्यार्थी मात्रै नभई पूरै समाज नै यसका लागि अग्रसर भएर लाग्नुपर्ने खाँंचो उनले औंल्याए ।
विशेष यो परिस्थितिमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारको मात्रै मुख नताकी हामी आफै जुटनुपर्ने खाँंचो उनले औंल्याए । उनले विशेष गरी केन्द्र सरकार विशेष संवेनदशिल हुनुपर्ने बताए ।
कर उठाउने नाममा वीचमा एक पटक लकडाउन खुलाएकै कारणले अहिले यो परिस्थितिको सृजना भएको भन्दै उनले सरकार दुरदर्शी नहुँंदा यो परिस्थिति आएको बताए । नेपाल सरकारले साउन ५ गतेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी साउन ६ गतेदेखि लकडाउन खोलेको थियो । लकडाउन खोलेको केही हप्ता पछाडि नै पुनः महामारी सुरु भई अहिले पुनः लकडाउन कायम गरिएको छ । अहिलेको यो लकडाउन भदौ १० गतेसम्म कायम छ । नेपालमा ७७ जिल्लामध्ये हालसम्म ७५ जिल्लामा कोरोना संक्रमण भेटिसकेको छ ।

...

All Comments.......


Please Login/Register To Comments