भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ भनपा ८ वडा समितिको आयोजनामा नेपालको निर्वाचन प्रणाली, पञ्चाङ्ग सम्बन्धी जानकारी र नेपाल सम्वतसँग सम्बन्धित तिथि, मितिको विषयमा एक कार्यक्रमकाबीच प्रशिक्षण सम्पन्न भयो ।
नेपाल सम्वत्सँग सम्बन्धित तिथि, मितिको विषयमा प्रशिक्षण दिदैँ नेपालभाषाका जानकार एवं पत्रकार कृष्ण प्रजापतिले भक्तपुरका तत्कालीन राजा राघवदेवको समयमा सुरुवात भएको नेपाल सम्वत पूर्वीय दर्शनमा सुप्रसिद्ध र विज्ञानसम्मत रहेको बताउनु भयो । साथै उहाँले नेपाल सम्वतका तिथि, मितिहरु हम्रो दैनिक जीवनमा प्रयोग गर्नुपर्ने टड्कारो आवश्यकता रहेको औल्याउनु भयो ।
पञ्चाङ्ग सम्बन्धी प्रशिक्षणमा मेकानिकल इन्जिनियर एवं ज्योतिष राजु पालुकासीले तिथि, नक्षेत्र, बार, योग र करणको  समग्र नै पञ्चाङ्ग हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रमण बोहजूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष सङ्गिता दुवाल र उज्वल ह्योंगोजूले वर्तमान नेपालको निर्वाचन प्रणाली विषयमा बोल्दै समानुपातिक निर्वाचन प्रणालीले समग्र जातजाति, भाषा, लिङ्गको प्रतिनिधित्व रहने भएकोले हाल विश्वभर यसको प्रयोग हुँदै आएको बताउनुभयो । 

...

All Comments.......


Please Login/Register To Comments