भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५  श्रृजनानगरमा भएको दुर्घटनामा परी एकजना ६ वर्षीय बालकको मृत्यु भएको छ । जगातीबाट काठमाडौतर्फ जाँदै गरेको बा. ६ च. ८८५८ नं. को कार, सोही दिशातर्फ जाँदै गरेको बा. ५५ प. ९९२२ नं. मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको बा. ४ ख. ५७९६ नं. को बस एक आपसमा दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार बर्ष ६ को आर्जन शेर्पाको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरीले जनाएको छ । घटनामा परी उनका पिता मोटरसाइकल चालक दोलखा विगु गाँउपालिका वडा नं. ६ खोपाचागु घर भई हाल काठमाडौ बौद्ध बस्ने बर्ष ४९ को ढावा शेर्पा घाइते भएका छन् । हाल उनको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनसन्धान कार्य गरि दुर्घटना भएका सवारी साधनहरु, बस चालक दोलखा भिमेश्वर नगरपालिका वडा नं. ४ जिलु बस्ने बर्ष २६ को भरत चौलागाई र कार चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ इताछे बस्ने बर्ष २६ की रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 

...

All Comments.......


Please Login/Register To Comments