भक्तपुर । भक्तपुर प्रहरीले जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागू औषध एकजनालाई पक्राउ गरेको छ । लाग औषध विक्रीवितरण तथा ओसार पसार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 
प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लाहान नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए  । उनलाई नाइट्राभेट – ६०० सय थान ट्यावलेट लागू औषधसहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत पाण्डेले जनाए । निजलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments