आदरणीय मतदाता(आमाबुवा 
दाजुभाई, दिदीबहिनी) 
सबैमा मेरो हार्दिक नमस्कार,
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा निर्वाचनमा छालिङ्गमा जन्मि यहीको माटोमा खाई, खेली, हुर्केको तपाइहरूकै छोरा, नाति, भाई, भतिज म श्रीभक्त कासिछ्वा चुनाव चिन्हृ “जेब्रा” लिएर स्वतन्त्र उम्मेदवारको रूपमा तपाईहरूको सामु उपस्थित भएको छु । 
विगतमा भक्तपुर निर्वचन क्षेत्र १ (क) बाट धेरै जना जनप्रतिनिधिहरूलाई छुट्टा छुट्टै पार्टीहरू बाट निर्वाचित गरि पठाई सक्नु भएको छ । तर यस क्षेत्र एैतिहासिक तथा पुरातात्विक दृष्टिले ज्यादै महत्वपूर्ण भएता पनि विकास निर्माणका दृष्टिले यो क्षेत्र ओझेलमा परेको छ । विगतमा निर्वाचित जनप्रतिनिधिहरुले जनतालाई आश्वासन बाढ्ने काम मात्र गरे । दिइएका आश्वासन पनि पुरा गर्ने काम भएनन् । “खोला त¥यो लौरो बिर्सियो” भने जस्तै चुनाव जितेपछि आफ्नो वाचाहरू भुल्ने र मतदान गरी पठाउने जनतालाई सुख दुःखमा साथ नदिने प्रवृति यथावत कायम रह्यो । म तपाईहरूकै बिचमा जन्मेको, हुर्केको र तपाईहरुकै सुख दुःखको साथी एवं सहयात्री भएर विकासको तिब्र चाहनालाई पुरा गर्न स्वतन्त्र उम्मेदवारीको रूपमा “जेब्रा” चुनाव चिन्हृ लिएर उभिएको छु ।

विगतका दिनहरूमा मेरो व्यक्तिगत पहलमा आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुलाई आपत विपदका स्थितिमा विभिन्न क्षेत्रमा सक्दो सेवा सहयोग गरी आईरहेको सर्वविदित्तै छ । विगतमा विभिन्न धर्मिक एवं सांस्कृतिक काम, यज्ञ–महायज्ञमा सहयोग, स्वास्थ्य उपचारमा सहयोग, जनताको स्वास्थ्यलाई ख्यालगरी एम्बुलेन्स व्यवस्थापनमा सहयोग, २०७२ सालको भुकम्प महामारीमा भुकम्प पीडितलाई खाद्यान्न र अन्य भौतिक सहयोग, स्वास्थ्य शिविरहरु सञ्चालन, कोरोना महामारीका समयमा विपत्मा परेका असहाय दिन दुःखीलाई औषधी उपचार, खाद्यान्न सहयोग, कोरोना खोप व्यवस्थापनमा सहयोग, युवा तथा खेलाडीहरूलाई मार्सल आर्ट, फुटबल, भलिवल, व्यड्मिन्टन, एथ्लेटिक्स जस्ता खेल प्रतियोगिताका विभिन्न इभेन्टहरुका प्रतियोगिता सम्पन्न गर्न आर्थिक तथा भौतिक सहयोग, खेल क्षेत्र विकासको लागि मेरो आफ्नो पहल र प्रदेश सरकारको पहलमा जितपुरको भंगेरी डाँडामा राष्ट्रिय स्तरको रंगशाला निर्माण जस्ता आदिकार्यहरुमा पहल गर्दै आएको छु । खेल क्षेत्रको विकासमा म  निरन्तर प्रतिबद्ध छु । विकास निर्माण तथा भौतिक पूर्वाधार विकासको क्षेत्रमा चाँगुनारायण नगर भित्रको सबै वडाहरूमा खानेपानी सेवा दिन, बाटो र पुलुपुलेसा निर्माणको लागि सम्बन्धित निकायमा पहल गर्न, आर्थिक रूपले कमजोर जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने कामका साथ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा गुणस्तर स्तरोन्नतिको लागि पहल गर्ने काममा निरन्तर क्रियासिल छु  ।

त्यसै गरी सामाजिक एवं सुरक्षाका क्षेत्रमा तपाई आदरणीय मतदाताहरुहरूको सबै समस्या समाधानको लागि सम्बन्धित निकायमा सहजिकरण गर्ने काम निरन्तर गरिरहेको छु । मैले आफ्नो गाउँठाउँ, नगर, टोलको लागि व्यक्तिगत रुपमा आज सम्म जति सेवा सहयोग गरकोे छु  । अझ त्यो भन्दा धेरै प्रदेश सभा सदस्य निर्वाचित भए पछि गर्ने विश्वास दिलाउन चाहान्छु ।  अरुले जस्तै कुरा मात्र गर्ने होइन म काम गरेर देखाउन चाहान्छु । मलाई मेरो चुनाव चिन्हृ “जेब्रा” मा तपाईहरुले आफ्नो अमुल्य मतदिई अत्याधिक बहुमतले विजयी गराई जनसेवा गर्ने अवसर प्रदान गर्नहुने छ भन्ने विश्वास सहित हार्दिक अनुरोध गर्दछु ।

म प्रदेश सभामा निर्वाचित भएमा निम्न अनुसारको काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।

मेरो प्रतिबद्धताहरू
१.शिक्षा 
क)  यस प्रदेशमा भएका सबै सामुदायिक विद्यालय एवं कलेजहरूको भौतिक पूर्वाधार सहित
     गुणस्तर सुधारका लागि पहल गर्नेछु ।
ख)  यो प्रदेश निवाचन क्षेत्रमा एउटा सुविधा सम्पन्न नमुना आवाशीय सामुदायिक विद्यालय निर्माणको लागि विशेष पहल गर्नेछु ।
ग)  सबै सामुदायिक विद्यालयमा शैक्षिक विकासको लागि विज्ञान प्रयोगशाला, पुस्तकालय,सुचना तथा सञ्चार प्रविधि र खेलकुद सामाग्री सहित अतिरिक्त क्रियाकलापका लागिपहल गर्नेछु ।
घ)  गरिब तथा जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्नआवश्यक थप पहल गर्नेछु ।
ङ)  प्रदेशमा एउटा प्राविधिक शिक्षालय स्थापनाको लागि विशेष पहल गर्नेछु ।

२. स्वास्थ्य 
क) यो प्रदेश भित्रका सबै जनताको स्वास्थ्य बिमा अनिवार्य गर्नका लागि आवश्यक पहलगर्नेछु ।
ख) यो प्रदेश भित्र रहेका सबै सामुदायिक अस्पताल, स्वास्थ्य चौकीको भौतिक पुर्वाधार एवं गुणस्तरीय विकासका लागि पहल गर्नेछु ।
ग) “एक सामुदायिक विद्ययालय एक नर्स कार्यक्रम” व्यवस्था गर्न पहल गर्नेछु ।
घ) एक वडा एक एम्बुलेन्सको व्यवस्थाका लागि विशेष पहल गर्नेछु ।

३.कृषि 
क)  यो प्रदेश दुग्ध विकासको राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँ गाई भैंसीपालनलाई प्रोत्साहन गर्ने । उत्पादित सबै दुधको संकलनका लागि संकलन केन्द्र स्थापना गरी त्यसको व्यवस्थित गर्ने र दुग्ध उद्योग स्थापना गरी रोजगारी सृजना गर्न पहल गर्ने ।
ख) मासु जन्य उत्पादनको लागि पशुपंक्षी पालक कृषकको समस्यालाई ध्यानमा राखि पशुपंक्षीपालनमा प्रोत्साहन तथा अनुदानको लागि नेपाल सरकार समक्ष पहल गर्न र उत्पादित वस्तुलाई कोल्डस्टोरका व्यवस्था गरी “किसानलाई उचित दाम र उपभोक्तालाईसहुलियत दरमा मासु’ आपुर्तिको व्यवस्थाका लागि पहल गर्नेछु ।
ग) यो प्रदेश नगदे बालीको राम्रो सम्भावना भएको स्थान भएकोले हरियो तरकारी, आलुजस्ता बालीलाई व्यवस्थित गरी उत्पादन वृद्धि गराउन बिउ विजन र मलखादकोसुनिश्चित व्यवस्था गर्ने र तरकारी संकलन केन्द्र तथा तरकारी चिस्यान केन्द्र(कोल्डस्टोर)को स्थापना गर्न पहल गर्ने ।
घ) अन्नबाली धान, मकै, गहु खेतीको लागि चाहिने बिउविजन र मलको सर्वसुलभव्यवस्थापनको लागि समयमै उचित पहल गर्ने ।
ङ) यो प्रदेशमा मौसम सुहाउँदो फलफुल तथा जडिबुटि उत्पादनको लागि आवश्यक पहल गर्नेछु ।
च) कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि सम्बन्धित किसानका लागि तालिम प्रशिक्षणअवलोकन आदिको व्यवस्थाका लागि पहल गर्नेछु ।

४.पर्यटन
क) यो प्रदेश पर्यटकीय दृष्टिले धेरै महत्वपुर्ण क्षेत्र हो । चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचिमा रहेपनि पर्यटकीय क्षेत्रको रूपमा अझै विकसित भइसकेको छैन । तसर्थ यो क्षेत्रलाई पर्यटकीय पूर्वाधार विकासको क्षेत्रमा सम्लग्न गर्न विशेष पहल गर्नेछु ।चाँगुनारायण क्षेत्र र नगरकोटलाई जोड्नका लागि पर्यटकीय पैदल मार्ग निर्माणमा विशेष ध्यान दिनेछु ।
ख) नगरकोटमा रहेको भ्यू टावरलाई सुन्दर पर्यटकीय पार्कका रुपमा विकास गर्न आवश्यकपहल गर्नेछु ।
ग) चाँगुनारायण र नगरकोट पर्यटकीय दृष्टिले अति सम्भावना युक्त क्षेत्र भएकोले उक्त्त क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गराउन नेपाल सरकारमा विशेष पहल गर्नेछु ।
घ) स्थानीय संस्कृति एवं कलाको अध्ययन तथा अवलोकनका लागि व्यवस्थित पार्कसहितकोसंग्रालय निर्माणमा पहल गर्नेछु ।
ङ) पर्यटकलाई आकर्षित गर्न सुविधा सम्पन्न होटल व्यवस्थापनका लागि उपयुक्त वातावरण निर्माणमा आवश्यक सहजिकरण गर्नेछु ।
च) मुहान पोखरी देखि भंगेरी डाडा हुँदै नगरकोट सम्म पर्यटकिय पैदल मार्ग निर्माणमा पहलगर्नेछु ।

५. खानेपानी, भौतिक पूर्वाधार तथा सडक संन्जाल
क) यस प्रदेश भित्र पर्ने चाँगुनारायणको एक नम्बर वडाको मनोहरा सरस्वतीखेल देखिताथलीसम्मको ४ लेन सडक संन्जाल ५ वर्ष भित्र पुरा गर्न पहल गर्नेछु ।
ख) हाल चालु रहेको साँघुरा नाम मात्रको कालोपत्रे कच्चि सडकहरु जस्तैः लान्चाफल्चादेखि सुडाल हुँदैनगरकोट सम्मको सडक, च्यामासिंह देखि नाला सम्मको सडक, सल्लाघारी देखि दुवाकोट हुदै चाँगुनारायण सम्मको सडक, व्यासी, झौखेल, चाँगुनारायण सम्मकोसडक, लान्चाफल्चादेखि व्यारेक हुदै छालिङ्गको सडक, डेकोचा देखि चाँगु जाने सडक, मुहानपोखरी हुँदै सरस्वती प्रावि सम्मको सडकलाई डबल लेनमा ५ बर्षसम्म स्तरोन्नित
गर्ने, साथै अन्य नगरभित्र रहेका सबै सडकहरूलाई कालापत्रे गरी स्तरोन्नती गर्ने, र बहुचर्चित लान्चाफलचा नगरकोट सडक यथाशिघ्र निर्माण सम्पन्न गर्न विशेष पहल गर्नेछु ।
ग) प्रदेश भित्रको खानेपानी समस्याहरु हल गर्न नगरभित्रका पानीको मुहान पहिचान गरी व्यवस्थित पानी संकलन केन्द्र निर्माण गर्ने, वागेश्वरीको मुहान पोखरीको पानीलाई ड्याम बनाई खानेपानीको व्यवस्थापन साथ त्यस क्षेत्रको कृषि उत्पादनको लागिसिंचाईको व्यवस्था गर्ने, साथै “एक घर एक धारा” को अवधारणा लागु गर्न विशेष पहल गर्नेछु ।
ङ) नगर भित्रको पुलपुलेसालाई डबल लेन सहितको मोटरेबल बाटो निमार्णि गर्न पहल गर्नेछु ।
च) दुवाकोट मोडदेखि खस्याङखुसुङ  खोलामा करिडोर निर्माण गर्न पहल गर्नेछु ।

६. खेलकुद क्षेत्र
क) मेरो पहलमा निर्माण भई रहेको बहुउद्देश्यीय रग्वी रंगशाला ५ वर्ष भित्र निर्माण सम्पन गर्ने र नगरका सबै वडाहरूमा एक व्यायामशाला निर्माणको लागि पहल गर्नेछु ।
ख) भलिबल, टेवलटेनिस, ब्यट्मिन्टन र मार्सलआर्टको लागि कवर्डहल निर्माणमा विशेष पहल गर्नेछु ।
ग) प्रदेश भित्रका सबै स्कुलमा खेलकुद र अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था गराउन पहल गर्नेछु । “एक स्कुल एक खेल शिक्षक” को अवधारणा लागु गराउन पहल गर्नेछु ।
घ) यो प्रदेशमा व्यवस्थित ढंगले सबै खेल इन्भेन्ट्सको आयोजन र आवश्यक प्रशिक्षणकोसमेत व्यवस्थापन गर्नेछु ।

७. सामाजिक सेवा तथा सामाजिक सुरक्षाको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीयसरकार एवं मेरो व्यक्तिगत तर्फबाट जनसेवाका लागि गर्नुपर्ने कामको पहलमा हरदमतयार रहने छु । साथै जनतालाई प्रदान गरिने कुनै पनि सेवा सहयोगको लागि सदैव तत्पर रहने छु ।

८. यो प्रदेशका युवा बेरोजगारहरुलाई रोजगरीको आवश्यक व्यवस्थापन गर्न सम्भावित उद्योग कलकारखाना व्यवसाय क्षेत्रको पहिचान गरी रोजगारी प्रदान गर्न पहल गर्नेछु ।
आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनी माथि उल्लेखित मेरा प्रतिबद्धताहरु पुरा गर्न मलाइ मेरो चुनाव चिन्ह “जेब्रा” मा आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउनु भई तपाईहरूको सेवा गर्ने सुअवसर प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद  

तपाईहरुकै छोरा, भाइ, भतिज
श्रीभक्त कासिछ्वा 

...

All Comments.......


Please Login/Register To Comments