नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका तीन जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एकरएक जना गरी सात जनाको मृत्यु भएको जनाइएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला र ७४ वर्षीय, ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रूपन्देहीका ५३ वर्षीय पुरुष छन् ।

...

All Comments.......


Please Login/Register To Comments