मध्यपुर, कार्तिक २३ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा नेपाल मजदुर किसान पार्टीको आयोजनामा मध्यपुर थिमीको बालकुमारीमा चुनावी जनसभा भयो। सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बहुमत जनताको हित हुने नीतिनिर्माण गर्नुभन्दा ठूला दलले समृद्धिको नारा सहित विकास निर्माणकाे आश्वासनले जनतालाई धाँटेको बताउँदै ३% थ्रेसहोल्डले दुई दलीय नयाँ पञ्चायत सुरुवात गर्न लागेको आरोप लगाउनुभयो । उहाँले खाद्यान्न देखि अन्य भएभरको उत्पादन विदेशबाट ल्याउँदा देशमा समृद्ध नआउने बताउँदै ठूला दलले संसदलाई संसदको रूपमा नलिएको अवस्थामा जनता सजग हुँदै नेमकिपाका उम्मेदवार प्रति जनविश्वास आएको बताउनुभयो । उहाँले हजारौं जनता मार्ने र टाउकाको मूल्य निर्धारण गर्ने तथा गराउने दुवै आज अनैतिक गठबन्धनको माध्यमबाट संसदमा भीडले नियन्त्रण गर्न खोजेको बताउँदै भारतको विस्तारबादी नीतिले नेपाल नै नरहने अवस्था बारे जनतालाई सचेत पार्नुभयो । उक्त सभामा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा का उम्मेदवार अनुराधा थापामगरलेे राज्यसत्ताको नेतृत्वमा महिलाहरू पुगेपनि शोषित पीडित महिला हक अधिकारमा उल्लेखनीय कानुन निर्माणको भूमिका नभएको बताउँदै राज्यको ढुकुटी रित्याएर देशलाई आर्थिक संकट गर्ने शासक दललाई खबरदारी गर्न नेमकिपाले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले नेपालको नदीबाट उत्पादित जलविद्युत जनताको आधारभूत आवश्यकतालाई सहजरूपमा पुरा गर्न ठुलो दललाई चुनाैति रहेको बताउँदै रैथाने जनताको घरजग्गामा कुदृष्टि राखेर सडक विस्तारको नाउँमा विस्थापित विस्थापित गरेको बताउनुभयो । जनतालाई अलमल्याएर सिद्धान्तहिन भारत अनुकूल गठबन्धनले जनताको मतलाई हतियार बनाएर देशलाई ध्वस्त पार्ने बताउँदै उहाँले देश बचाउन नेेमकिपालाई नै मत दिन अनुरोध गर्नुभयो। सो सभामा भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (ख) का उम्मेदवार रमेश वैद्यले शिक्षा श्रमसँग जोडिएमा स्वरोजगारसँगै विदेश पलायनमा कामदार वर्गले भोग्नुपरेको अनेकौं शारीरिक र मानसिक यातना सहन नपर्ने बताउँदै किसानको लागि आवश्यक बीउबिजन र रासायनिक तथा आधुनिक कृषि सामाग्रीको सहजरूपमा उपलब्ध गराएमा देशको मेरुदण्ड युवालाई अनुत्पादक दलाली पेसामा संलग्न हुनुपर्ने बाध्यता नहुने बताउनुभयो । उहाँले निर्वाचन खुल्ला विश्वविद्यालय रहेको बताउँदै युवालाई उत्पादनमूलक क्षेत्रमा लगाउन र सस्तो सहजरूपमा विश्वविद्यालय शिक्षा लिन ख्वप विश्वविद्यालय संचालन गर्नका लागि नेमकिपाका उम्मेदवारलाई मत दिन आह्वान गर्नुभयो । मध्यपुर चुनाव प्रचारप्रसार समितिका संयोजक दिलकृष्ण प्रजापतिको सभापतिमा सम्पन्न भएको उक्त सभामा मध्यपुर नगर समितिका पूर्व अध्यक्ष विक्रम वैद्यले किसान आन्दोलनमा मोहीयानी हक भर्पाई आन्दोलन लगायत नेमकिपाले पुर्याएको योगदानको चर्चा गर्दै रैथाने विस्थापित हुनुमा पैसामा विक्दा राजनीतिक चेतनास्तर कमी भएको बताउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments