ललितपुर । अहिले देश चुनावी माहोलमा होमिएको छ । राजनीतिक पार्टी र नेताकार्यकर्ताहरुलाई महाभारतको युद्धमा होमिएको झै दिनरात नभनी भ्याई नभ्याइ जनमत आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् । देशका ठूला राजनीतिक दलहरु गठबन्दधनमार्फत चुनाबी मैदानमा उत्रेका छन् । यसैकारण प्रतिनिधि सभा तथा प्रदेश सभामा मिलिजुली उम्मेद्धारहरु प्रस्तुत गरेका छन् । गठबन्धनकै कारणले एउटा दलको उम्मेद्धार गठबन्धनभित्रकै अर्को दलको नेता तथा कार्यताहरुले खुलेरै पचाउन सकेको अवस्था पनि छैन । यस्तो महासंग्राममा उत्रिएका उम्मेद्धारहरुलाई आआफ्नै दलभित्रको  गुटउपगुटको अन्तरकलहले जनताहरुमाझ जानुपर्ने बेलामा फलामको चिउरा चपाएझै समस्यामाथि समस्या थपिएका छन् । ललितपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसभित्रको अन्तरकलहलले यतिखेर चुनाबीबजार तताएको छ । गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेद्धार रिसा श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका उपप्रमुख एव न्यायिक कमिटिका संयोजक लक्ष्मी महर्जनबिचको ब्यक्तिगत लेनदेनको द्धन्दका कारण गठबन्धन भित्रका नेतृत्वतहरु निकै नै चिन्तित देखिन्छ । लक्ष्मी र रिसा लगायत २३ जना स्थानीय महिलाहरुले पाँचवर्ष अगाडि सामुहिक लगानीमा महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुरमा एउटा मन्टेश्वरी स्कुल संचालन गरेका थिए । यो स्कुल संचालन गरेको केहि समयपछि नै विधिकारणले बन्द गर्नुपरेको थियो । यसरी मन्टेश्वरी बन्द गरिदा उपप्रमुख लक्ष्मी महर्जनको नेतृत्वमा केहि लगानीकर्ता महिलाहरुको समुहबनाई प्रत्यासी उमेद्धार रिसा श्रेष्ठसँग बाइस जना महिलाहरुलाई लगानी गरेको रकम ब्याजसहित फिर्ता दिनुपर्ने दबाव दिने कार्य भइरहेको छ । यसै कुरालाई लिएर लक्ष्मी महर्जन र जमुना महर्जनको समुह आफ्नो रकम फिर्ता पाउनुपर्ने माग राखि महालक्ष्मि नगरपालिकाको न्याय समितिमा निवेदन हाल्न पुगेका थिए । ऐमाले पार्टिबाट निर्वाचित तत्कालीन उपप्रमुख निर्मला थापालाई कांग्रसी महिलाहरुकोलाई कांग्रसी महिलाहरुको आपसी द्धन्द्ध न्यायीक कमिटीमा आउँदा के खोज्स् कानो आँखो भने जस्तै भएको थियो । केहि समय केहि महिलाहरुको द्धन्द्ध चर्काउन तारिख माथि तारिख तोकि मुद्दा लम्बाउन खोजेको र द्धन्द्ध चर्काउन खोजेको सम्बन्धित महिलाहरुले नै कुरा गर्न थालेका थिए । पछि न्यायिक समितिले सो मुद्दा हेर्न नमिल्ने भनी फैसला गरेका थिए । त्यसपश्चत सामसुम अवस्थामा रहेको उक्त लेनदेनको विवाद रिसा श्रेष्ठले गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्धार टिकट पाए लगतै बाहिर चुलिएको छ । गठबन्धन भित्रका नेताहरुले दुबै पक्षसँग पटक पटक छलफल गरी मंसिर चार गते निर्वाचनका दिनसम्म उम्मेद्धारसँग सम्बन्धित विषयहरु थति राख्न निर्देशन दिदा समेट न्यायिक कमितिका संयोजक एवम उपप्रमुख लक्ष्मी महर्जनकोे बहकाउमा महिलहरुले रिसासँग दिनदिनै चुनाव अगाडि नै आफ्नो पैसा ब्याज सहित दिनुपर्ने अडान राख्दै आएका छन् । उक्त रकम चुनाब अगाडि नै फिर्ता नतिरेको खण्डमा उम्मेद्धार रिसा श्रेष्ठले सिद्धिपुरमा घरदैलो लगायत कुनै पनि चुनाबी प्रचार प्रसार कार्य गर्न नदिने धम्की दिदै दबाब दिन थालेका छन् । बलजफटि तरिकाले चुनाबी कार्यक्रम अगाडि बढाएको खण्डमा कालोमोसो दलि जुटाको माला लगाउने समेत धम्किदिदै आइरहेको अवस्थामा पार्टि पंति निकै नै चिन्तित देखिन्छ । 
उम्मेद्धार रिसा श्रेष्ठ भने आफूले कुनै पनि गलत कार्य नगरेको हुँदा बार्ता छलफल मार्फत विवाद तुग्याउन मंसिर ४ गते निर्वाचनसम्म आफूलाई नअल्झाउन समेत विभिन्न ब्यक्तिमार्फत अनुरोध गर्दै आइरहेका छन् । यो अन्तरकलह बाहिर आएपछि नेकपा एमालेका प्रत्यासी उम्मेद्धार एवम् महालक्ष्मी नगरपालिकाका निर्वतमान नगर प्रमुख रामेश्वर श्रेष्ठ यसपालीको नतिजा आफ्नो पक्षमा आउने कुरामा धुक्क देखिन्छन् ।  

...

All Comments.......


Please Login/Register To Comments