सत्यराम कासिछ्वा भक्तपुर भक्तपुर, कार्तिक २५ । आधारभूत विद्यालयको वार्षिक कार्यतालिका अनुसार ज्ञानविजय आधारभूत विद्यालयको संयोजनमा चम्चा दाैड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। आधारभूत विद्यालय समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति दीपक माकले आधारभूत समितिको वार्षिक कार्यतालिका अनुसार भएको विविध अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक विकास गराई व्यवहारिकतासँगै सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रतियोगितामा हारमा नआतिने, जीतमा मातिनु हुन्न बताउँदै खेलले शारीरिक संयमित अपनाई चलाखी गर्ने सन्तुलनको सिद्धान्त हो भन्नुभयो । सोही कार्यक्रममा उहाँले विकसित प्रविधिको रूपमा मोबाइलबाट आवश्यक ज्ञान लिई पढाइमा  सन्तुलन राख्न ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीलाई देशभक्त भावनाले समाजप्रति दायित्वबोध गराउनुपर्ने आवश्यकतासहित आधारभूत विद्यालयको भाैतिक पूर्वाधार विकासमा सहयोग पुर्याउन सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । कार्यक्रमका संयोजक तथा चम्चा दाैड खेलका निर्णायक सदस्य कृष्ण भक्त श्रेष्ठले खेलको नियम बताउँदै प्रावि २५ मिटर छात्र र छात्रा तथा निमावि ३५ मिटर छात्र र छात्रा गरी ४ विधामा खेल संचालन हुने बताउनुभयो । कार्यक्रम संयोजनका विद्यालयका प्रअ विन्द्रा दुवालले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर खेलकुदबाट विद्यार्थीको दिमाग स्वस्थ्य बनाउने र अनुशासन सहितको मैत्रीपूर्ण खेलले आत्मियता हुने बताउँदै स्वागत गर्नुभयो । उक्त प्रतियोगितामा प्रावि तहमा २० वटा विद्यालय र निमावि तहमा ९ वटा विद्यालयका जम्मा ५७ जना विद्यार्थीले भाग लिएको उक्त प्रावि तहमा प्रतियोगितामा २/२ जनालाई सान्त्वना र निमावि तहमा १/१ जनालाई सान्त्वना पुुरस्कारको व्यवस्था गरेको छ । पुरस्कार आधारभूत विद्यालय समितिको वार्षिकोत्सबमा वितरण हुने जानकारी दिएको छ । निमावि ३५ मिटरको उक्त प्रतियोगितामा छात्रतर्फ बाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वनामा क्रमशः समाजसुधार माविका प्रवेश प्रजा, दत्तात्रय आविका यमराज तामाङ, बरदायणी आविका सुमित शाह र भीम आदर्श आविका सुशिल तामाङ थिए । सोही प्रतियोगितामा निमावि छात्रातर्फबाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वनामा क्रमश: दत्तात्रय आविका उषा सापकोटा, बालसेवक आविका गंगा   तामाङ, गणेश माविका दिपीका शाह र ज्ञानविजय आविका बासना गुरुङ थिए । प्रावि २५ मिटरको चम्चा दाैड प्रतियोगितामा  छात्रातर्फ क्रमश: भीम आदर्श आविका दिपशीखा तामाङ, ब्रम्हायणी आविका रोजिना तामाङ, शारदा आविका मनिषा चाैरासिया, सन्तति आविका समिक्षा चाैधरी तथा उदय आविका मनतोरण बैठा थिए । सोही प्रतियोगितामा प्रावि छात्रतर्फ क्रमश: दत्तात्रय आविका समिर गुरुङ, सिद्धिशारदा आविका दिपेश राणामगर, नविन आविका इर्साद मन्सुरी, समाज सुधार माविका स्लोगन श्रेष्ठ तथा ज्ञानविजय आविका सुवास तामाङ थिए ।...

All Comments.......


Please Login/Register To Comments