कार्तिक २८, भक्तपुर । 
वागेहिणी मा.वि.स्काउट ट्रुपको आयोजनामा भक्तपुर सल्लाघारी स्थित चोङ्गा गणेश मन्दिर परिसरमा विद्यालयका प्रधानाध्यापक तथा स्काउटका अध्यक्ष साधुराम गैडाको सभापतित्वमा भव्यतापूर्वक सम्पन्न गरिएको छ । 
स्काउटिङ्गको साधारण जानकारी र सदस्यता व्याज दिंदै यस व्याजले आकाश जस्तै विश्वभरि फैलिएको र स्काउटरहरु निश्चित सिमा भित्र वसी सवैका लागि सधैंका लागि स्काउट शिक्षा आवश्यक हुने कुरा कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट वाग्मती प्रदेश स्काउट प्रमुख शिवराम अर्यालले वताउनुभयो । 
नेपाल स्काउट वाग्मती प्रदेश स्काउट सल्लाहकार राम गोपाल कर्माचार्यले स्काउटले स्काउटिङको क्षेत्रमा गरिरहको गतिविधिसँगै स्काउटको ३ प्रतिज्ञा र १० नियमले वालवालिकहरुको सर्वाङ्गीण विकास हुने कुरा जानकारी दिनुभयो । 
कार्यक्रममा स्थानीय स्काउट कार्यालय चाँगुनारायण नगरपालिकाका संयोजक उमेश प्रसाद सिंहले विद्यालयको शैक्षिक गुणस्तर कायम  गर्नकालागि, प्रभावकारी शिक्षण सिकाइ र वालवालिकाहरुको स्वतःस्पूूmर्त व्यवहारिक ज्ञान अभिवृद्धि गर्न स्काउट कक्षाको महत्व रहेको वताउनुभयो । 
सोही कार्यक्रममा जम्मा २० जना स्काउटरहरु लाई पोशाक तथा व्याज सहयोग गर्नुहुने चाँगुनारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्याम नयाँजु प्रति स्काउट मास्टर जीवन सुवालले हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । 
कार्यक्रममा पनौति नगरपालिका स्काउटका संयोजक मिलन श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार खत्री, शिक्षक अभिभावक समितिका अध्यक्ष शारदा फुयाँल , स्काउट मास्टर निर्जला के.सी र शिक्षक रामशरण ढकालले पनि वोल्नु भएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments