भारतको कल्याण पत्रीकामा त्यहाँका एउटा लेखक राधेश्याम खेम्काले हिन्दी भाषामा लेखेको वेद सम्बन्धि लामो लेखलाई लाई पनौती , काभ्रेका विद्वान एवं वृद्ध लेखक श्री ओत बहादुर खड्काले गत २०७६ सालमा नै " वेद के भन्छ ? " भनेर उक्त पुस्तिका लाई आधार बनाइ एउटा पुस्तिका लेख्नु भएको थियो र त्यसलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार श्री हरि मन्जूश्रीज्यूले सम्पादन गर्नु भएको रहेछ । अहिले सोही पुस्तिका लाई समिक्षाको रुपमा पुनः साहित्यकार डा. इन्दुल केसीज्यूले एउटा लामो समिक्षात्मक लेख लेखी " वेदले के भन्छ ? : विभिन्न दृष्टिमा " प्रकाशक अनुशिलन नेपाल द्वारा प्रकाशन गराइ उक्त समिक्षात्मक सङ्ग्रह पुस्तिकाको मलाई पनि एउटा सानो टिप्पणी गर्न अनुरोध गर्नु भएकाले डाक्टर इन्दुल केसीको अनुरोध लाई सम्मान गरि मैले जानेबुझे सम्मका केही कुराहरु यहाँ छोटो्मा लेख्ने जमर्को गरेको मात्र हुँ । हुनत म वेदको कुनै ज्ञाता होईन। मलाई लाग्छ हाम्रा चार वेदहरु ( ऋकवेद , यजुर्वेद , सामवेद , अथर्ववेद ) हिन्दु सनातन धर्म र संस्कृतिको एउटा अमुल्य धरोहर हो। भनिन्छ कि यो सामान्य ग्रन्थ नभई स्वयं ब्रह्माको मुखारविन्द बाट आएको शब्द ज्ञान हो। हिन्दु धर्मावलम्बीहरुको जन्म देखि मृत्युु सम्मका सम्पुर्ण कार्यहरु वेदमा निर्देशित छन्। वेदको कुनै लेखक छैन । " न पौरुषेय: । अपौरुषेया वेदा: । अर्थात् अपौरुषेय भन्नाले जसको रचना कुनै पुरुषले गरेको होइन। श्रुतीको रुपमा आएको हो। यो काव्य बिधामा आधारित छ। कट्टर हिन्दु धर्मावलम्बीहरुको भनाइलाई मान्ने हो भने वेद हजारौं बर्ष पुरानो हो भन्छन् । तर मेरो एक घनिष्ठ मित्र विद्वान् तुलसीराम गौतमजीको भनाइमा वेदको प्राचीनता तीन हजार बर्ष भन्दा पुरानो छैन अरे । म धेरै लेख्दिन । मेरो बिचारमा " वेदले के भन्छ ?: विभिन्न दृष्टिमा " नामक ( समिक्षा सङ्ग्रह ) पुस्तिका पढ्दा मलाई राम्रो लाग्यो। मैले वेदका अझ धेरै थप ज्ञानहरु प्राप्त गरें । वेदको प्रारम्भिक र सामान्य कुराहरु बुझ्न चाहने नयाँ युवा पुस्ताहरुको लागि यो पुस्तिका महत्वपूर्ण छ । अन्त्यमा , यो पुस्तिकाको संयोजक साधुराम गिरी अन्य टिप्पणीकारहरु , प्रकाशक अनुशीलन नेपाल , थुप्रै सुभेच्छुकहरु , सम्पादक जीवनाथ अधिकारीका साथै डा. इन्दुल केसी लाई समेत हार्दिक आभार।
...

All Comments.......


Please Login/Register To Comments