भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपामलका वडा न. ६ राईटोल माथिल्लो कुण्डोलको एउटा घरमा बुधबार भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ । स्थानीय बर्ष ४९ को आत्माराम के.सी. र बर्ष ४१ को हररशरण के.सी.को इट्टा र काठले बनेको तीन तल्ले कच्ची घरमा अचानक आगलागी हुँंदा सोही घरमा वस्ने बर्ष वर्ष २५ की अस्मिता केसी (सुस्त मनस्थिति र प्यारालाइसिस रोगबाट ग्रस्त) को मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी सोही घरकी १४ की नित्मा केसी घाइते भएकी र उनलाई नजिकैको कोरियन अस्पतालमा लगेको र उपचारपछि डिष्चार्ज भएको भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट २ वटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments