गुणस्तरीय शिक्षा हाम्रो आधार ,सबैको स्वास्थ्य हाम्रो सरोकार भन्ने मूलमन्त्रलाई आफ्नो अभिष्ट बनाएको विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल मध्यपुर थिमिका इन्ट्राक्ट क्लबका विद्यार्थीहरुले यही कार्तिक 30 गते छात्राहरूको महिनावारी समस्या र समाधान विषयमा सचेतना कार्यक्रमको आयोजना गरे। विनायक इन्ट्राक्ट क्लव, विनायक शिक्षा निकेतन र रोटरी क्लब मध्यपुर थिमिको संयुक्त आयोजनामा भएको तथा क्विन्स्ल्यान्ड युनिभर्सिटी अष्ट्रेलियाको सहयोगमा आयोजित उक्त कार्यक्रममा सिद्विकाली माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरिरहेका छात्राहरुका लागि आयोजना गरिएको थियो । शिक्षिका सन्ध्याको संयोजनमा आयोजित उक्त कार्यक्रममा महिनावारी समस्या र समाधान विषयमा जानकारी दिनुका साथै स्यानिटरी प्याड समेत वितरण गरिएको थियो। रोटरी क्लब अफ मध्यपुरका संस्थापक अध्यक्ष तथा विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हरेक विद्यार्थी भित्र रहेको ज्ञान जति जति दियो उति उति बढ्ने भएकोले र सरकारको नीतिअनुसार पब्लिक प्राइभेट पार्टनरसीप कार्यक्रमलाई सफलीभूत बनाउन तथा विद्यार्थीहरूको क्षमता र प्रतिभालाई जुनसुकै क्षेत्रमा उजागर गर्न तथा जनचेतना फैलाउने कार्यमा प्रोत्साहन दिन यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको बताउनुभयो। राेटरी क्लबका वर्तमान अध्यक्ष विष्णुबहादुर कार्की उपस्थिति रहेको उक्त कार्यक्रममा सिद्धिकाली माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु झाले यस्ता कार्यक्रमबाट विद्यार्थीहरु लाभान्वित हुने भएकाले विनायकका छात्राहरु र रोटरी क्लब लाई धन्यवाद ज्ञापन गर्नुभयो।...

All Comments.......


Please Login/Register To Comments