भक्तपुर । ठूला दलहरुले मंसिर ४ को निर्वाचनपछि यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भनी प्रचार गरिरहेको बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमा बिजुक्छेले भने आफूहरुको उम्मेदबारी सरकारमा जान नभएको बताएका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम रात बिहीबार भक्तपुरको टौमढीमा भएको चुनावी सभामा उनले आफूहरु प्रखर प्रतिपक्षमा रहने बताए । हामी पद, पैसा र प्रतिष्ठानको लागि राजनीति गर्दैनौ, उनले भने, हाम्रो राजनीतिको एउटै उद्देश्य देश र जनताको हित हो ।  
आफूहरु जनतालाई राजनीतिक चेतना दिन आमसभामा व्यस्त रहेका बेला ठूला दलहरु पैसा बाँंडेर मत आफूहरुतिर आकर्षित गर्न व्यवस्त रहेको आरोप उनले लगाए । अन्तिम चुनावी सभामा विजुक्छेंले काठमाडौं उपत्यकामै ठूला दलहरु पैसा, सामान, दाल, चामललगायत वितरण गरी राजनीतिक रुपमा सचेत हुन नसकेको जनताको मत आकर्षित गरिरहेको दावी गरे । काठमाडौ उपत्यकामै ठूला दलहरु घरघरमा पैसा बाँंडेर मत तानिरहेका छन्, उनले भने, काठमाडौं उपत्यकाभित्रै यस्तो देखिएको बेला देशका अन्य दुरदजारमा के होला सवैले सजिलै अनुमान गर्न सक्छन् । 
कति धेरै ठाउँंहरुमा घरघरमा प्रतिव्यक्तिलाई एउटाएउटा खाममा पाँंच पाँंच हजार राखेर पैसा बाँंडिरहेको खवर आएको उनको भनाई थियो । एकजना परिवारमा दुई जना भयो भने पाँंच पाँंच हजार नगदको दुई वटा खाम, तीन जना भयो भने तीन वटालगायतले परिवार संख्याको आधारमा प्रतिव्यक्ति पाँंचपाँंच हजारको खाम बितरण भइरहेको खवर छ, उनले भने । 
उनले नेपालमा प्रधानमन्त्रीदेखि नै घुुस चल्ने दावीसमेत गरे । राष्टपतिसम्म के छ जानकारी छैन, तर प्रधानमन्त्रीसम्म घुस चलेको सूचना छ, उनले भने । 
उनले निश्पक्ष निर्वाचन हुन सकेमा आफूहरु भक्तपुरमा मात्रै नभई देशका धेरै जिल्लाहरुबाट जितेर आउने दावी गरे । यो पटक आफूहरुले देशका ५८ जिल्ल्लाहरुमा चार सय २७ जना उम्मदबारहरु उठाएको उनले जनाए । 
सभामा पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार प्रेम सुवाल, भक्तपुर क्षेत्र नं १ ख भक्तपुरका प्रदेश सभाका उम्मेदबार सुरेन्द्रराज गोसाईलगायतले देशभक्त पार्टीको पक्षमा मत हाल्न अनुरोध गरे । कार्यक्रममा पार्टीका पूर्व जिल्ला अध्यक्ष हिमालयश्वरलाल मूल, निर्वाचन परिचालन समिति भक्तपुरका संयोजक लक्ष्मीसुन्दर लासिवालगायले मादल चिन्हमा मतदान गर्न आह्वान गरे । सभाको क्रममाबीचवीचमा साँंस्कृतिक कार्यक्रम पनि देखाइएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments