बोस्टन/अमेरिका आकाश शर्मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औ जन्मजयन्तीको अवसर पारेर सोमबार अमेरिकाको बोस्टनमा अन्तरराष्ट्रिय गज़लसम्मेलनको आयोजना गरिएको छ / गज़लको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर हालै मात्र सस्थागत स्वरूप दिईएको अन्तरराष्ट्रिय गज़लमंचको आव्हानमा आयोजित उक्त कार्यक्रममा स्थानीय गज़लकरका अतिरिक्त विभिन्न मुलुकका गज़लहरु बाचन गरियो / कार्यक्रममा ‘ छातीभरि देश दुख्छ’ भन्ने मंचले दिएको साझा रदिफमा लेखिएको इजरायलको गज़लकार मीरामन थापादेखि झापाका ... सम्मको गज़ल बाचन गरियो / त्यसो त कार्यक्रममा जापानका गज़ल कार भुवन रोका , भारतका गज़लकार निश्चल परदेशीसम्मका गज़लकारको पनि गज़ल बचन गरियो/ यसैगरी भारतका लक्ष्मन् विस्ट , बिराटनगरका लक्ष्मी स्मृति ,झापाका अतित लिङ्देन , अबुधाबीका नारायण दर्पण,लक्ष्मन् सिरिस सुबास धराने ,मलेसियाका किरण कौशल मेयोंगवा , राज अविरल यात्री ,खगेन्द्र अधिकारी अमृत, नर्वेका प्रकाश सापकोटा, , दिवाकर स्वप्निल, रमेश बिमान, विजयराज ज्ञवाली , सोम सुबेदीका गज़लले पनि कार्यक्रममा रौनक थपेको थियो/ बोस्टन भ्रमणमा रहेकी साहित्यकार अर्चना थापाले बहराईनका गज़लकार दलबीरसिंह बराईलीको गज़ल बाचन गर्दा होस् या शिवप्रकाशले क्यानाडाका गज़लकार ऋषि वस्ताकोटीको गज़ल वाचन गर्दा होस् उत्तिकै तालि आएको थियो/ गज़लकार महेश्वर पन्तको सांगीतमय गज़लबाचन, लालगोपाल सुवेदीको व्यंग्य गज़ल जत्तिकै सशक्त गज़ल हरि काफ्ले, दीपा राई पुन, अनु शाह , मधुसुदन पौडेल , दि. पी. ढकाल ,ज्ञानप्रसाद शर्मा, गौरव थपलिया लगायतले वाचन गरेर कार्यक्रमलाई सफल बनाएका थिए / अमेरिका भ्रमणमा रहेका साहित्यकार डा. संजीव उप्रेतीले कार्यक्रमको प्रमुख अतिथिको भूमिका निर्बाहगर्दै वाचित गज़लमाथि टिप्पणी गरेका थिए/ डा. उप्रेतीले आधुनिक नेपाली गज़लका पिता मोतिराम भट्टको सृन्गारिक गज़लको प्रसंग केलाउदै भने- वर्तमान गज़लले बोकेको वस्तुगत विविधतालाई हेर्दा मोतिराम यो युगमा जन्मेका भए अचम्मित हुन्थे होलान / कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली गज़लमंचका अध्यक्ष गोवर्धन पूजाले गज़लमा मात्रा मिलाउन चाहनेले महाकवि देवकोटाको मुनामदनका श्लोकहरु ध्यानमा राख्नु पर्ने बताउदै लक्ष्मीजयन्ती र गज़ल गोष्ठीको औचित्य माथि प्रकाश पारे / कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार हरि थापाले गज़लको लोकप्रियता र गज़लकारको दायित्वबारे चर्चा गर्दै मंचको सफलताको कामना गरे/...

All Comments.......


Please Login/Register To Comments