भक्तपुर । भक्तपुरमा सवैभन्दा वढी मतदाता भक्तपुरको ख्वप कलेजमा रहेका छन् । ख्वप कलेज देकोचा भक्तपुरमा सवैभन्दा वढी ६ हजार दुई सय ९४ मतदाता रहेका छन् । यो नै जिल्लामा सवैभन्दा वढी मतदाता भएको केन्द्र हो । यो भक्तपुर नगरपालिका वडा नं ६ मा पर्दछ । यही क्षेत्रबाट भक्तपुर क्षेत्र नं १ का नेमकिपाका उम्मेदबार प्रेम सुवालले पनि मतदान गरेका छन् । भक्तपुरमा सवैभन्दा कम मतदाता रहेको केन्द्र भने चाँंगुनारायण नगरपालिका आजाद मावि नाप्लामा नौ सय ९४ मतदाता रहेका छन् । 
भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था छ । त्यहाँं कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाताले मतदान गर्ने छन् । भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या वढी छ । महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन् ।
जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका छन् । त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएको छ । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिने छन् ।
मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने जनाएको छ । कुनै पनि केन्द्रमा उच्छृंखल तथा निर्वाचन आचारसंहिता विपरितका कार्य भए तत्काल सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको छ ।
यहाँं १० वटा अपांगमैत्री मतदान केन्द्र छन् । कुल दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ । यसअन्तर्गत भक्तपुर नगरपालिका ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांगमैत्री बनाइएको छ ।
भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालय तेखापुखू भक्तपुरमा अपांगता भएकाहरुको सुविधाको लागि ¥यामसमेत बनाइएको जनाइएको छ ।  मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । 

...

All Comments.......


Please Login/Register To Comments