भक्तपुर । भक्तपुरको दुवै क्षेत्रमा मतगणणा सुरु भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणणा विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको हो । उता क्षेत्र नं २ को भने राति दुई बजेबाट नै सुरु भएको थियो ।
भक्तपुर क्षेत्र नं १ को मतपरिणाम भने सार्वजनिक गरिएको छैन । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, सता गठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठे र एमालेका नवराज गेलालवीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । 
भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ । यहाँं कांग्रेसका दुलर्भ थापा एमालेका महेश वस्नेतलाई पछाडि पार्दै अगाडि वढेको छ । 
जिल्लामा तुलनात्मक रुपमा उत्साहपूर्ण रुपमा मतदान भएको थियो । जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाए अनुसार यहाँं कुल ७२ प्रतिशत मतदान भएको छ । 
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाए अनुसार यहाँं कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका थिए । तीमध्ये एक लाख ३९ हजार नौ सय ३८ मत खसेको छ । भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या वढी छ । महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन् ।
भक्तपुर क्षेत्र नं १ मा ७२.१९ र क्षेत्र नं २ मा ७१.७२ प्रतिशत मत खसेको हो । क्षेत्र नं १ मा कुल एक लाख दुई हजार पाँंच सय २८ मतदाता थिए । त्यसमध्ये ७४ हजार १९ मत खसेको छ । यसैगरी क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता थिए । तीमध्ये ६५ हजार नौ सय १९ मत खसेको हो ।
यसअघि यहाँंको निर्वाचन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था थियो । 
जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका थिए । त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएका थिए । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिएका थिए ।

...

All Comments.......


Please Login/Register To Comments