भक्तपुर ः आन्तरिक राजश्वकार्यालय भक्तपुरले बुधबार उत्कृष्टतीन करदाता र उत्कृष्टकर्मचारीलाई सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवस–२०७९ को अवसरमा संघले आर्थिक वर्ष २०७७÷०७८ माआयविवरण पेश गरी धेरै कर तिर्ने स्वास्थ्य सेवा, उद्योग र व्यापार क्षेत्रकातीन करदाता संस्थाका सञ्चालकलाई सम्मान गरेको हो । उक्तआर्थिक वर्षमाआन्तरिक राजश्वकार्यालय भक्तपुरमा धेरै कर तिर्नेमा स्वास्थ्य सेवातर्फ तारा हेल्थ केयर सेन्टर प्रालि, उद्योगतर्फ समानान्तर कंक्रिटउद्योग प्रालि र व्यापारतर्फ जीएच मेडिहेल्थकन्सर्न प्रालि रहेकाछन् । तारा हेल्थ केयर सेन्टर प्रालिले ७,११,१३,१४८ रुपैयाँ, समानान्तर कंक्रिटउद्योग प्रालिले २,१२,४६,०२८ रुपैयाँ र जीएच मेडिहेल्थकन्सर्न प्रालिले १,५६,५५,०५७ रुपैयाँआयकर दाखिला गरेको आन्तरिक राजश्वकार्यालयका कर अधिकृत दिपकखनालले जानकारी दिए । 
धेरै कर तिर्ने ती संस्थाका सञ्चालकहरुलाई कार्यक्रमकाप्रमुखअतिथिभक्तपुर उद्योग वाणिज्य संघकाअध्यक्षशिवप्रसादमानन्धरले खादाओढाएर तथाआन्तरिक राजश्वकार्यालय भक्तपुरकाप्रमुख कर अधिकृत ताराप्रसाद भुसालले कदर पत्रप्रदान गरी सम्मानगरिएको हो ।यसैगरी, उक्तअवसरमाआन्तरिक राजश्वकार्यालय भक्तपुरकाहल्का सवारी चालक रुद्रबहादुर खत्रीलाई पनिउत्कृष्टकर्मचारीको रुपमा सम्मानितगरिएको थियो । आन्तरिक राजश्वविभागले निर्धारण गरेको मापदण्ड पूरा गरेको आधारमाखत्रीलाई कदरपत्र र नगदसहितउत्कृष्टकर्मचारीबाट सम्मानितगरिएको आन्तरिक राजश्वकार्यालय भक्तपुरले जनाएको छ । 
कार्यक्रमकाप्रमुखअतिथिमानन्धरले जिल्लाकाव्यापारी तथाव्यापारीहरुलाई समयमै कर तिर्नको लागिअभिप्रेरित गर्ने खालकाविभिन्नकार्यक्रमसंघले सञ्चालनगर्दै आएको बताए । आन्तरिक राजश्वकार्यालय भक्तपुरले पनिजिल्लाकाव्यापारी व्यवसायीलाई करसम्बन्धीशिक्षाप्रदान गरेर उनीहरुबाटवास्तविक कर उठाउनपहलगर्नुपर्नेमाउनले जोड दिए । ‘भक्तपुर उद्योगवाणिज्य संघमामात्रै जिल्लाका ३८ वटावस्तुगत संघहरु आबद्धछन्, तीवस्तुगत संघहरुमापनिआबद्ध सयौं व्यापारी तथाव्यवसायीहरुलाई समेत समयमा कर तिर्दाको फाइदाबारे हामीले प्रशिक्षितगर्दैआएकाछौं’, उनले भने । 
उनले पछिल्लो समय बैंक ब्याजदर वृद्धिकाकारणव्यापारी तथाव्यवसायीहरुलाई कर तिर्न समेत समस्याभइरहेको भन्दै बैंकहरुले व्यापारी व्यवसायीहरुको मर्कामामध्यनजर गरी अविलम्बब्याजदर घटाउनुपर्ने माग गरे । भक्तपुर उद्योग वाणिज्य संघले ब्याजदर घटाउनमागगर्दै जिल्लाका सम्पूर्ण वाणिज्य बैंककाशाखाकार्यालयमाज्ञापनपत्रबुझाएको जानकारी दिए । बैंकहरुले गरेको ब्याजदर वृद्धिले गर्दा अधिकांशव्यापारी व्यवसायीहरु ब्याजतिर्न नसक्ने अवस्थामापुगेको भन्दै उनले ब्याजदर वृद्धिकै कारण केहीव्यापारी व्यवसायीडिप्रेसनको समेत सिकार बनेको बताए । 
कार्यक्रममाआन्तरिक राजश्वकार्यालय भक्तपुरकाप्रमुख कर अधिकृत ताराप्रसाद भुसालले यस वर्ष विभागले तोकेको मापदण्डअनुसार तीन क्षेत्रकाउत्कृष्ट करदातालाई सम्मानित गरेको भन्दै आगामीदिनमाअन्य क्षेत्रकाउत्कृष्ट करदातालाई सम्मानगर्ने योजना रहेको बताए । उनले कर प्रणालीबारे सबै व्यापारी व्यवसायीहरु अझै प्रशिक्षितहुननसकेकाकारण कर संकलनमाअपेक्षाकृत वृद्धिहुननसकेको भन्दै आगामीदिनमाव्यापारी व्यवसायीहरुलाई करबारे शिक्षादिनकार्यालयले थपकार्यक्रमहरु सञ्चालनगर्ने बताए । करदाता र कर कार्यालयबीचअझ सम्बन्धबढाउन कर प्रशासनमा सुधार गर्नुपर्ने भएमा राय सुझावदिनउनले अनुरोध गरे । 
कार्यक्रममाअतिथिभक्तपुर उद्योग वाणिज्य संघकीवरिष्ठउपाध्यक्ष रोशनीमैया धौबञ्जा, भक्तपुर इँटाव्यवसायी संघकाअध्यक्षनातिभाइ ह्योम्बालगायतले जिल्लाकाउद्योगीतथाव्यवसायीहरु राज्यलाई कर तिर्न सदैव तयार रहेको भन्दै राज्यले पनि करदातालाई उद्यम र व्यापार गर्न प्रोत्साहितगर्ने खालकाकार्यक्रमल्याउनुपर्ने र सहज रुपमाव्यापार व्यवसायगर्ने वातावरणबनाउनतर्फ विशेष ध्यानदिनु्पर्नेमाजोड दिए । 

...

All Comments.......


Please Login/Register To Comments