भक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का लागि धन्यवाद ज्ञापन तथा विजय जुलुश सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय गोल्मढी भक्तपुरबाट दिउँंसो साढे ११ बजेबाट जुलुश अगाडि वढन सुरु गरेको छ । 
जुलुशले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ । जुलुश गोल्मढीबाट सुकुलढोका, टौमढी, गहिटी, नासमना हुँंदै भक्तपुर नगर परिक्रमा गर्ने रुट तयार गरिएको छ । 
पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम हिजो शुक्रबारदेखि सुरु भएको थियो । यो कार्यक्रम चार दिनको लागि तय गरिएको छ । पहिलो दिन भक्तपुर क्षेत्र नं १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो । आज शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ । भोलि आइतबार र पर्सि शनिबार फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ । 

...

All Comments.......


Please Login/Register To Comments