काठमाडौं । यही मंसिर २३ गते शुक्रबारदेखि २७ गते मंगलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागिएको हो।बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १ सय ५० वटा स्टल रहनेछ । नेपालमा प्रत्येक वर्ष नियमित रुपमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुने सन्देश स्थापित गर्ने प्रयास स्वरुप विगतमा झै यस वर्ष पनि मेलाको आयोजनालाई निरन्तरता दिइएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पत्रकार भेटघाटमा जानकारी दिनुभयो । ‘ नेपालमा हरेक वर्ष त्यही समयमा वार्षिक कार्यक्रमको रुपमा व्यापार मेला हुने सन्देश प्रवाह अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न हामीले भरमग्दुर प्रयास गर्दै आएका छौं।यस पटकको मेलालाई पनि सोही प्रयासको कडीको रुपमा लिएका छौं ।’ अध्यक्ष शाक्यले भन्नुभयो हरेक वर्ष एकै समयमा मेला हुनेलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न खोजे व्यापारसंगै विदेशी पर्यटन प्रवद्र्धन गर्न सघाउने छ ।’ अन्तर्राष्ट्रिय स्तरमा सो मेलाको प्रवद्र्धनको लागि महासंघका अतिरिक्त नेपाल सरकारका कुटनीतिक नियोग र अन्य निकायसंग समन्वय गर्दै आएको पनि अध्यक्ष शाक्यले बताउनुभयो । मेलाले हस्तकलाको सामग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन, हस्तकलाको सामग्रीको बजारको विकासमा टेवा पु¥याउने, हस्तकला र नेपाली संस्कृतिको सम्बन्ध बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास महासंघले लिएको छ । मेलामा नेपालमा बनेका र नेपालमै बनाऊ अवधारणा अनुरुप वस्तुहरु प्रदर्शन हुने पनि महासंघले जनाएको छ । महासंघका अनुसार मेलाको अवसर पारेर ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको कलाकारको सम्मान, गत आर्थिक वर्षमा हस्तकलाका सामग्री निर्यात गर्ने अग्रणी निकासीकर्ताहरुलाई सम्मान गरिने छ । मेलासंगै १७ औं हस्तकला प्रतियोगिता पनि हुने महासंघले जनाएको छ।काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानवमुखाकृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गरिने छ ।कला प्रदर्शनी अन्तर्गत फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थांका गरी तीन वटा विधामा कला प्रदर्शनी हुने पनि महसंघले जनाएको छ । करिब १२ अर्ब मूल्य बराबरको हस्तकलाका वस्तुहरु वर्षेनी ६० वटा देशमा नियात हुने गरेको पाइएको छ । महासंघका अनुसार हस्तकलामा करिब ८ लाख व्यक्तिहरु संलग्न रहेको छ । हस्तकलालाई नेपालको मुख्य निर्यातमूलक उद्योगको रुपमा लिइन्छ ...

All Comments.......


Please Login/Register To Comments