सुनिल प्रजापति
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच हुने अधिकार प्रदान गरेको छ । तर निःशुल्क उपचारको हक कागजमै सीमित छ । अधिकांश अस्पतालहरुमा निःशुल्क वितरण हुने औषधी उपलब्ध नै हुँदैनन् । जनता सिटामोल नपाएर मरिरहेको, स्वास्थ्य केन्द्रमा चिकित्सक नभएर कार्यालय सहयोगीले औषधी वितरण गरिरहेको र विशेषज्ञ डाक्टरहरु नभएर धेरैले अकाल मृत्युवरण गर्नु परिरहेको समाचार दैनिकजसो आउने गर्छन् । 
आधारभूत स्वास्थ्य सेवा प्रवाहमा संघीय मन्त्रालयले गर्नुपर्ने काम ः
नेपालका ७५३ वटै स्थानीय तहहरूले स्थानीय जनसमुदायलाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न संघीय मन्त्रालयले गर्नुपर्ने मुख्य मुख्य काम कर्तव्यलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
गाउ“पालिका र नगरपालिकाका सामुदायिक अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आवश्यक चिकित्सकसहित जनशक्तिको व्यवस्था गरी कार्यरत चिकित्सक र अन्य जनशक्तिलाई समयानुकूल तालिमहरू प्रदान गरी अद्यावधिक सेवा प्रवाह गर्न सकिए ग्रामीण र सहरी क्षेत्रका नागरिकहरुले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा पाउने प्रत्याभूति दिन सकिन्छ ।
आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न सो क्षेत्रमा कार्यरत चिकित्सक र नर्सजस्ता जोखिम लिएर काम गर्नेहरुका विशेष भत्ता वा सुविधाको व्यवस्था, नेपाल सरकारले निःशुल्क प्रदान गर्ने औषधीहरु सबै स्वास्थ्य केन्द्रमा पुर्याउने सुनिश्चितता गर्ने, हेलचेक्र्याइँ वा अनियमित गर्नेलाई कडा कारबाहीको व्यवस्था गर्ने तथा सरोकारवाला संघीय र प्रदेश सरकारले समय समयमा अनुगमनको व्यवस्था मिलाउनुपर्दछ । 
सबै सामुदायिक अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्ने तथा प्रयोग भए नभएको अध्ययन गरी समय समयमा मर्मतसम्भारको व्यवस्था गर्न सकिए आधारभूत स्वास्थ्य सेवा निरन्तर प्रवाह भइरहन्छ ।
आधारभूत स्वास्थ्य सेवा प्रवाहमा भक्तपुर नगरपालिकाको अनुभव ः
भक्तपुर नगरपालिकाले १०० शैय्याका ख्वप अस्पताल गरिरहेको छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न भनपा २ (ब्यासी)मा नगर स्वास्थ्य केन्द्र र भनपा ५ भगवतीस्थानमा जनस्वास्थ्य केन्द्र संचालन गरिरहेको छ भने मातृ शिशु कार्यक्रम (एम.सी.एच) भक्तपुर अस्पताल र आधारभूत स्वास्थ्य केन्द्र (सल्लाघारी १) बाट पनि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । ख्वप अस्पतालले दैनिक ७०० भन्दा बढी जनताको स्वास्थ्य उपचार गर्दै आएको छ । दैनिक ११ घण्टा ओपीडी सेवा र शनिबार तथा सार्वजनिक बिदामासमेत गरी वर्षैभरी ओपिडी सेवा संचालनको व्यवस्था छ । 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडबाट पनि हामीले नयाँ अनुभव सिक्यौं । कोभिड रोकथाम तथा नियन्त्रणको लागि ७५ शैय्याको आइसोलेसन केन्द्र स्थापना गर्यौ । कोभिडको प्रभाव बढ्दै गएपछि २५ शैय्याको एचडीयुसहित ७५ शययको कोभिड अस्पताल सञ्चालन गर्यौ । त्यही क्रममा जनताको सहयोगबाट अक्सिजन प्लान्ट स्थापना गर्यौ । अहिले स्थानीय जनतालाई अक्सिजन र आवश्यक रगत निःशुल्क व्यवस्था गर्दै आएका छौं । यसले अधिकाँश जनता खुशी छन् । 
कोभिड १९ को बेला जनताको घर घरमा गएर जनताको सेवा गर्ने अवसर पायौं । तत्कालीन आवश्यकताअनुसार आइसोलेसन केन्द्रको स्थापना र ख्वप अस्पताल सञ्चालनमा ल्याउन सफल भयौं । अक्सिजन प्लान्ट राख्न जनतासँग सहयोग आह्वान गरिएकोमा रु.६ करोडभन्दा बढी आर्थिक सहयोग संकलन भयो र हामीले कोभिड बिरामीहरुको निःशुल्क उपचार गर्यौ । अत्यन्त प्रतिकूलताबीच पनि हामीले जनताको सेवा गर्यौ । हामीले कोभिडबाट धेरै शिक्षा हासिल गर्यौ ।
कोभिड संक्रमण उच्च तहमा पुगेको समयमा भक्तपुर नगरपालिकाले रोगको प्रारम्भिक चरणमै सर्वसाधारण जनता स्वास्थ्य परीक्षणको पहुँचमा वृद्धि ग¥यौं । संक्रमितहरुको उपचारको लागि घरघरमा निःशुल्क अक्सिजनको व्यवस्था, भौगोलिक अवस्था र जनघनत्वअनुसार उपयुक्त स्थानमा स्वास्थ्य केन्द्रहरु संचालन र कोरोना नियन्त्रणको लागि वडास्तरमा व्यापक खोप अभियान सञ्चालन ग¥यौं ।
नगरबासीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न रोगहरुसम्बन्धी स्वास्थ्य शिविरहरु सञ्चालन र वैकल्पिक चिकित्सा पद्धतिलाई प्राथमिकता दिंदै संचालनको तयारी गर्दै आएका छौं जस्तै अकुपञ्चर र होमियोप्याथिक आदि ।
स्वास्थ्य कार्यक्रम सञ्चालनमा देखिएका चुनौति र अवसरहरू ः
स्वास्थ्य क्षेत्र जटिल बिषय हो । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पताल र जन स्वास्थ्य केन्द्रहरु संचालन गर्नु अत्यन्त चुनौतीपूर्ण छ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौतिहरु निम्न बमोजिम बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ः
हाम्रा चुनौतीहरु ः
ड्ड बीमाको भुक्तानी समयमा नहुनु,
ड्ड दक्ष जनशक्ति टिकाइ राख्न गाह्रो हुनु,
ड्ड टेन्डर गरेको औषधी समयमा उपलब्ध नहुनु,
ड्ड संघ र प्रदेश सरकारहरुले अन्य सामुदायिक अस्पताललाई झैं सहयोग नगर्नु, 
ड्ड आर्थिक कारणले नै सिटी स्क्यान र एमआरआई राख्न नसक्नु,
ड्ड सरकारको तर्फबाट नियमित अनुदानको व्यवस्था नहुनु हाम्रा चुनौतीहरु हुन् 
ड्ड बिरामीको मृत्यु पछि अस्पताल र स्वास्थ्य केन्द्रहरुमा अप्रीय घटना हुनु । 

अवसरहरुः
ड्ड घरघरमा गएर जनताको सेवा गर्दा जनतासँग नजिक भएर काम गर्ने अवसर प्राप्त हुनु,
ड्ड जनताको हरेक सुख दुःखबारे नगरपालिकालाई जानकारी प्राप्त हुनु र
ड्ड स्वास्थ्यसँगै हरेक विषयमा जनताको सेवा गर्ने अवसर प्राप्त हुनु ।
स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाको नवीनत्तम प्रयासहरू ः
भक्तपुर नगरपालिकाले कुनै पनि नगरबासीलाई २० मिनेटभित्र स्वास्थ्य सेवा दिन सक्ने गरी काम गर्दैछौ । नागरिकहरुको स्वास्थ्यसम्बन्धी जानकारी लिन घरघरमा नर्सहरु पठाउने व्यवस्था गर्यौ ।
नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालमा यो वर्ष सिटी स्क्यानको व्यवस्थाको लागि प्रक्रिया अगाडि बढाउँदैछौं । विद्यालय स्वास्थ्य कार्यक्रम,नियमित रुपमा वडा वडामा स्वास्थ्य शिविरहरु सञ्चालन तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन, श्वासप्रश्वास पुनःस्थापना केन्द्र संचालन गरिरहेका छौं । यो वर्ष अकुपंचर सेवा सञ्चालनको तयारी पनि गर्दै छौं । नगरबासीहरुको लागि रगतको निःशुल्क व्यवस्था तथा कडा तथा दीर्घरोग मुटु,मृगौला, क्यान्सर, मष्टिकघातवलगायत रोग लागेकाहरुको लागि जनही रु. १५,००० अनुदानको व्यवस्था गर्दै आएका छौं ।
संघीय स्वास्थ्य मन्त्रालय र प्रदेश मन्त्रालयले गर्नुपर्ने सहयोग ः
भक्तपुर नगरपालिकाबाट स्थानीय जनसमुदायलाई प्रदान गर्दै आएको आधारभूत स्वास्थ्य सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन संघीय सरकार र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य उपकरण जस्तै सिटी स्क्यान, एमआरआईलगायतका स्वास्थ्य उपकरण तथा औजारहरु उपलब्ध गराउनुपर्ने, सेवा विस्तारको लागि आवश्यक पुँजीगत र सञ्चालन खर्चको लागि बजेट व्यवस्था गर्नुपर्ने, बीमा रकम समयमै उपलब्ध गराउनुपर्ने, सरकारी अस्पतालसरह आवश्यक जनशक्ति व्यवस्थाको लागि नीतिगत व्यवस्था मिलाउनुपर्ने र केन्द्रीय तहबाट हुने तालिमहरुमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका चिकित्सक र नर्सलाई सहभागी गराउनुपर्ने देखिन्छ । विद्यालय नर्स कार्यक्रम र घरदैलो नर्स कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धित जनशक्तिलाई साधनसम्पन्न र प्रविधिले युक्त बनाउनुपर्ने देखिन्छ ।
(नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंक केन्द्रीय प्रशिक्षण केन्द्र बोडेमा आयोजित संयुक्त वार्षिक समीक्षा गोष्ठीको दोस्रो दिन ‘स्थानीय तहबाट प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता’  विषयमा भएको प्यानल छलफलमा प्यानलिष्टको रुपमा रहनुभएका भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिद्वारा व्यक्त विचार)

...

All Comments.......


Please Login/Register To Comments